काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले एक सूचना जारी गर्दै डिजेल र मट्टितेलमा मूल्य घटाइएको जानकारी दिएको छ। निगमले पेट्रोलको मूल्य भने यथावत राखेको छ ।
पेट्रोलको मूल्यमा १.४५ रुपैयाँ बढेर आएको, डिजेलमा ३.६३ ले घटेर आएको र एलपी ग्यासको मूल्यमा प्रतिसिलिण्डर ९३ रुपैयाँले वृद्धि भइ आए पनि आम उपभोक्ताको हितलाई ध्यानमा राखेर डिजेल र मट्टीतेलमा मूल्य घटाइएको जानकारी दिएको छ।
निगमका अनुसार मट्टीतेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ। नयाँ मूल्य आज राति १२ बजेपछि लागू हुनेछ।
नयाँ मूल्य सूची अनुसार अब डिजेल प्रतिलिटर १६८ रुपैयाँ रहेकोमा अब १६४ रुपैयाँ पर्नेछ। पेट्रोलमा भने १७२ रुपैयाँ प्रतिलिटर यथावत छ।
यस्तै हवाई इन्धन आन्तरिक तर्फ १३६ रुपैयाँ र बाह्यतर्फ १ दशमलव ०३५ अमेरिकी डलर कायमै रहेको छ। एलपी ग्यास पनि प्रतिसिलिण्डर १८ सय ९५ रुपैयाँ कायम छ।







You must be logged in to post a comment.