धनगढी : धनगढी उपमहानगरपालिकाले विपन्नको निशुल्क उपचारका लागि १२ निजी अस्पताललाइ ताकेता गरेको छ । उपमहानगरले निःशुल्क उपचार सेवा प्रदान गर्नु पर्ने व्यवस्था कार्यान्वयनमा नल्याउन अस्पतालमाथि कारबाहीको चेतावनी पनि दिएको हो ।
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याएर निःशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
उपमहानगरपालिकाले २०८० जेठ १७ मा पहिलो पटक धनगढीका निजी अस्पतालहरूलाई १० प्रतिशत शय्या निःशुल्क गर्न पत्राचार गरेको थियो ।
धनगढीस्थित मायामेट्रो अस्पताल, नवजीवन अस्पताल, कैलाली अस्पताल, स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी, ओम आशा अस्पताल, सारथी अस्पताल, निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर, सिपी अस्पताल, केजी अस्पताल, सौभाग्य अस्पताल एण्ड रिसर्च सेन्टर, नोभा अस्पताल र धनगढी नेत्रालय मध्ये कुनै पनि अस्पतालले कुल शय्याको १० प्रतिशत शय्या विपन्न, असहाय र बेवारिसेलाई निःशुल्क गरेको विवरण पेश नगरेको उपमहानगरले जनाए पनी स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले भने विपन्नको निःशुल्क उपचार गर्न ३ बेड छुट्टाएकाे बारे आफ्नो अफिसियल पेजमा सूचना राखेको छ ।







You must be logged in to post a comment.