काठमाडौँ : नेपाल नर्सिङ परिषद्ले ३४औँ नर्सको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जसमा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका छन् ।
शनिवार लिएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले नर्सिङ पढाईको गुणस्तरमा प्रश्नचिह्न खडा गरेको छ ।
परीक्षा समितिकीका अनुसार पीसीएल नर्सिङतर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना अर्थात् १९.३४ प्रतिशत मात्रै पास भएका छन् ।
यस्तै, शनिवार नै लिएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी फेल भएका छन् । बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३) प्रतिशत उत्तीर्ण भएका छन् ।