धनगढीः कैलालीको धनगढीमा अपाङ्गता युवा उद्यमशीलता र स्वरोजगार मिनी महोत्सव हुने भएको छ। मंसिर १७ र १८ गते धनगढी उपमहानगरपालिकाको प्राङ्गणमा महोत्सव हुने राष्ट्रिय अपाङ्ग महासंघका सुदूरपश्चिम अध्यक्ष मानबहादुर साउँदले बताए।
महोत्सवमा विभिन्न १० वटा स्टल रहने, अपाङ्गगता भएका व्यक्तिहरूको जीवनी राखिने र विभिन्न व्यवसायी, विद्यालयका बालबालिका र सर्वसाधारणलाई महोत्सव अवलोकन गर्ने व्यवस्था मिलाइने अध्यक्ष साउँदले बताए।
महोत्सवमा अपाङ्गगता भएक व्यक्तिको क्षमता पहिचान गर्ने, उनीहरूका लागि रोजगार प्रबर्द्धन गर्ने र अपाङ्गता भएक व्यक्तिहरूलाई रोजगारी दिने निजी क्षेत्रका विभिन्न संस्थालाई सम्मान गरिनेछ।
महोत्सव आयोजनाबाट सीप भएका अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिलाउन र आफै स्वरोजगार हुन प्रेरणा मिल्ने अध्यक्ष साउँदले बताए। राष्ट्रिय अपाङ्ग महासंघ, सुदूरपश्चिम प्रदेशले ३२ औं अपाङ्गता दिवसको अवसर पारेर मिनी महोत्सव आयोजना गर्न लागेको हो।