द वर्कआउट जोन जिम क्लबद्वारा रक्तदान

कैलालीको द वर्कआउट जोन जिम क्लबले रक्तदान गरेको छ ।
प्रकाशित : :

अत्तरिया :  कैलालीको द वर्कआउट जोन जिम क्लबले रक्तदान गरेको छ । जिल्लाको गोदावरी नगरपालिका-२ वनखेतस्थित सो जिमले सोमबार बिहान रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

जिमको पहिलो स्थापना दिवसका अवसरमा गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको क्लबका सञ्चालक भीम खडायतले जानकारी दिए ।

जिम क्लबले यसअघि पनि जाजरकोटका भूकम्पपीडितका लागि रक्तदान गरेको थियो भने ५५ हजार ५ सय ५५ रुपैयाँ राहत रकम संकलन गरी भेरी नगरपालिकाको प्रकोप व्यवस्थापन खातामा पठाएको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

33%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट