क्यानको वार्षिक खेल तालिका सार्वजनिक

क्यानको वार्षिक खेल तालिका सार्वजनिक, नेपालले क्यानडासँग एकदिवसीय शृङ्खला खेल्ने
प्रकाशित : :

काठमाण्डाै : नेपाल क्रिकेट सङ्घ (क्यान) ले वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानले आज बिहीवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेल तालिका सार्वजनिक गरेको हो । 

नेपालले आईसीसी विश्वकप लिग–२, टी–२०, एकदिवसीयलगायतका शृङ्खलालाई खेल तालिकामा समेटेको छ । नेपालले आउँदाे फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ ।

त्यस्तै नेपालले २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्सबीच त्रिदेशीय टी–२० शृङ्खला खेल्ने तालिकामा उल्लेख छ । यी सबै खेल नेपालमै हुनेछ । त्यस्तै १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग पाँच एकदिवसीय र तीन टी–२० खेल खेल्ने छ ।

यसैगरी क्यानले आफ्नो खेल तालिकामा आउँदाे मङ्सिरमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्ने छ । क्यानका सचिव पारस खड्काले नेपालसँग कुनै देशले खेल्न चाहेमा त्यसलाई पनि खेल तालिकामा समावेश गरिने बताउनुभयो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट