स्वस्तिमा खड्का अब ‘बेहुली फ्रम मेघौली’ फिल्म बनाउने

स्वस्तिमा खड्का अब ‘बेहुली फ्रम मेघौली’ फिल्म बनाउने
प्रकाशित : :

काठमाडौं : सफल अभिनय करिअरपछि अब अभिनेत्री स्वस्तिमा खड्का फिल्म निर्मात्रीको रुपमा अघि बढ्ने भएकी छन् । उनले निर्माण गर्न लागेको पहिलो फिल्म ‘बेहुली फ्रम मेघौली’को छायांकन फागुन-चैतदेखि सुरु हुँदैछ ।

‘दिमाग खराब’ फेम्ड लेखक आकाश बरालले यो फिल्मको निर्देशन गर्दैछन् । रोचक के छ भने स्वस्तिमा र निश्चल बस्नेतले यो फिल्ममा जोडीको भूमिकामा अभिनय गर्दैछन् । शीर्ष भूमिकामा विजय बराल पनि अनुबन्धित भइसकेका छन् ।

सोसल ड्रामा जनरामा बन्न लागेको यो फिल्मलाई निश्चलको ब्यानर ब्ल्याक हर्स पिक्चर्सले निर्माण गर्नेछ ।

‘हामीले नै मिलेर यो फिल्मको इनिसिएट गरेका हौं । फागुन–चैतदेखि सुटिङमा जाने तयारीमा छौं,’ लोकेसन खोजीका लागि चितवनको मेघौली पुगेकी स्वस्तिमाले अनलाइनखबरसँग भनिन्, ‘यो फिल्मबाट म निर्मात्रीको रुपमा अघि बढ्दैछु ।’

निश्चल र स्वस्तिमाको पछिल्लो फिल्म ‘दिमाग खराब’ले घरेलु बक्स अफिसमा दर्शकको राम्रै साथ पाएको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट