सुदूरपश्चिममै पहिलो पटक धनगढीको साइकल लेनमा सरर साइकल यात्रीहरू [भिडियो]

सुदूरपश्चिममै पहिलो पटक धनगढीको साइकल लेनमा सरर साइकल यात्रीहरू
प्रकाशित : :

धनगढी : कैलालीको धनगढीमा साइकल लेनको उद्घाटन गरिएको छ । मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत कैलाली भन्सारदेखि धनगढी विमानस्थल गेटसम्मको सडकमा साइकल लेन उद्घान गरिएको हो ।

कैलाली भन्सारदेखि विमानस्थल गेटसम्म ७ किलोमिटर क्षेत्रमा दायाँ बायाँतर्फ बनाइएको साइकल लेनकाे धनगढी उप-महानगरपालिकाका नगर उपप्रमुख कन्दकला कुमारी रानाले शनिवार बिहान उद्घाटन गरिन् ।

नगर प्रमुख गोपाल हमालसहितका साइकल यात्रीहरुले धनगढीको ट्राफिक चौराह हुँदै भन्सार र भन्सार हुँदै विमानस्थल मार्गसम्म साइकल चलाउनुभएको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट