हालै सार्वजनिक भएको वाईफाई सात बारे जानकारी

वाईफाई ७ सार्वजनिक, वाईफाई सिक्स इ भन्दा कसरी छ फरक ?
प्रकाशित : :

अन्तर्राष्ट्रिय वाइफाइ ब्रान्ड कन्सोर्टियमले एआर/भिआर, गेमिङ र फोरके/एटके भिडियो स्ट्रिमिङ जस्ता प्रविधिहरूको अनुभव र सिमलेस कनेक्टिभिटी सुधार गर्न आफ्नो नवीनतम वाईफाई ७ स्टयाण्डर्ड सुरु गरेको छ ।

यो अर्को पुस्ताको वाइफाइ संसारको भविष्य हो, जसमा तपाईंले कम विलम्बता र उत्कृष्ट ट्रान्सफर स्पीड पाउनुहुनेछ । यो प्रविधि मिक्स्ड रियालीटी डिभाइस र एटके स्ट्रिमिङका लागि उत्तम विकल्प भएको बताइएको छ ।

यससँगै एप्पलले आफ्नो भविष्यका उपकरणहरूमा पनि यो प्रविधि प्रयोग गर्ने तयारी गरिरहेको छ । वाईफाई ७ कसरी अघिल्लो जेनरेशनको विकल्प अर्थात वाइफाइ सिक्स इ भन्दा राम्रो छ भन्ने कुरा जानकारी दिदैछौं ।

वाईफाई सिक्स इ एक मात्र वाइफाइ ६ हो जुन स्ट्याण्डर्ड ६ गिगाहर्ज ब्यान्डको समर्थनमा आउँछ । जबकी वाइफाइ ७ मा थप महत्त्वपूर्ण परिवर्तनहरू भएका छन् ।

वाईफाई सिक्स इको अधिकतम ट्रान्सफर स्पीड लगभग ९ जीबीपीएस छ । जबकी वाईफाई सातले ४६ गिगाबाइट पर सेकेण्डसम्मको गति प्रदान गर्दछ, जुन लगभग छ गुणा हो ।

तर वाइफाइ सातले ३२० मेगाहर्ज च्यानलमा काम गर्छ, जुन अघिल्लो पुस्ताले प्रयोग गरेको भन्दा धेरै हो ।वाइफाइ सातको मद्दतले, तपाईंका यन्त्रहरूले विभिन्न फ्रिक्वेन्सीका धेरै लिङ्कहरूमा एकै साथ डाटा ट्रान्सफर र प्राप्त गर्न सक्ने छ ।

वाईफाई ७–सक्षम यन्त्रहरूले कम समयमा धेरै डाटा प्रसारण गर्न सक्छन् । यसले एआर/भिआर डिभाइसलाई फोरके भन्दा माथिको रिजोल्युसनमा लाइभ स्ट्रिमिङ, अनलाइन गेम र थ्रीडी सामग्री सजिलैसँग चलाउन अनुमति दिनेछ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट