सुदूरपश्चिममा माओवादी दलको नेताबाट खगराज हटाइए, मानबहादुर चयन

Lalbdr Dhami
प्रकाशित : :

धनगढी : सुदूरपश्चिम प्रदेशमा सत्तारुढ नेकपा माओवादी केन्द्र संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाइएको छ। शुक्रबार धनगढीमा बसेको संसदीय दलको बैठकको बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताबाट भट्टलाई हटाइएको हो।

बहुमत प्रदेश सभा सदस्यको निर्णय गरेर दलको नेता परिवर्तन गरिएको हो। भट्टलाई हटाएर अब मानबहादुर धामीलाई दलको नेता बनाइएको छ।

प्रदेश सभा सदस्य लक्ष्मी विकका अनुसार बहुमतबाट यो निर्णय लिइएको हो। नयाँ संसदीय दलका नेता धामी दार्चुलाबाट निर्वाचित भएका हुन्। 

धामी सुदूरपश्चिममा वनमन्त्री भइसकेका छन्। सुदूरपश्चिममा माओवादी अहिले २ मन्त्री र १ राज्यमन्त्रीसहित गठबन्धन सरकारमा छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट