शुक्रबार निधन भएको भनिएकी पुनम पाण्डे जीवितै

शुक्रबार निधन भएको भनिएकी पुनम पाण्डे जीवितै

काठमाडौं : शुक्रबार निधन भएको भनिएकी भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेले इन्स्टाग्राममार्फत आफू जीवितै रहेको बताएकी छिन् ।

भिडिओ सन्देश पोस्ट गर्दै उनले सर्भिकल क्यान्सर (पाठेघर क्यान्सर)बारे जनचेतना जगाउन आफू मरेको नाटक गरेको बताएकी छिन् ।

विवादास्पद क्रियाकलापको कारण यसअघि पनि उनी पटकपटक चर्चामा आउने उनले फेरि दुनियाँलाई बेवकुफ बनाएकी छिन् ।

पुनमले दुईवटा भिडिओ पोस्ट गर्दै आफू नमरेको बताएकी छन् ।  हिजो उनकै इन्स्टाग्राममार्फत मृत्यु भएको बताइएको थियो ।

‘‘म पाठेघरको क्यान्सरका कारण मरेकी छैन । तर, दुर्भाग्यवश पाठेघरको क्यान्सरका कारण ज्यान गुमाएका सायौँ हजारौँ माहिलाको लागि भने यो भने यो भन्न सक्दिन । उनीहरूको मृत्यु केही गर्न नसकेरभन्दा पनि के गर्ने थाहा नभएर हो । अन्य क्यान्सर जसरी पाठेघरको क्यान्सर पनि रोकथाम गर्न सकिन्छ भनेर सचेतना फैलाउन आएको हुँ । तपाईँले गर्नुपर्ने भनेको केवल पाठेघर क्यान्सरको जाँच हो । तपाईँले एचपीभी भ्याक्सिन खोप लगाउनुपर्ने हुन्छ । यो क्यान्सरले आगामी दिनमा कसैको ज्यान नगुमोस भनेर हामीले यो सबै र योभन्दा धेरै गर्न सक्छौँ ।’’

उनले भनेकी छन्,
https://www.instagram.com/reel/C24MBqzNQDD/?utm_source=ig_web_copy_link&igsh=MzRlODBiNWFlZA==

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार