महावीर पुनले आफैं बेचे १२ हजार प्रति आत्मकथा

महावीर पुन
प्रकाशित : :

काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले २६ दिनमा १२ हजार प्रति आत्मकथा आफैंले बेचेका छन् । पुनले आफ्नो आत्मकथा ’महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ देशभर डुलेर बेचेका हुन् ।

यसबारे जानकारू दिँदै उनले फेसबुकमा लेखेका लेखेका छन्, ’काठमाडौंबाट बैतडीसम्म २६ दिन,  २१४० कि.मी यात्रा, १२ हजार किताब बिक्री ।’

काठमाडौंबाट बैतडीसम्मको यात्रामा बाटोमा सित्तैमा खाना, बस्न पाएको र २८ हजार रुपैयाँको डिजेल लागेको उल्लेख गरेका छन् ।

१२ हजार किताब ७५० दरले बिक्री हुँदा ९० लाख कमाई भएको देखिन्छ । चार करोड लक्षले हिडेका पुनलाई यो एक राहत हो ।

पुनले तीन महिना अगाडि आफ्नो आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ बजारमा ल्याएका छन् । ७० वर्ष कटेपछि ‘बुढेसकालको खर्च जुटाउने स्रोत’को रुपमा आत्मकथा लेख्न सोचेका पुनले राष्ट्रिय आविष्कार केन्द्रले पाएको अनुदानको प्रक्रिया पूरा गर्न चाहिने ४ करोड जोहो गर्नुपर्ने बाध्यताले केही चाँडै आत्मकथा ल्याएको बताएका छन् ।

७५० रुपैयाँ मूल्यको ३०६ पृष्ठको किताबमा पुनले आफ्नो व्यक्तिगत, सामुदायिकदेखि सार्वजनिक तथा राष्ट्रियसम्म काममा जोडिएका सबैजसो विषयमा खुलस्त लेखेका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट