काठमाडौं । सुनको मूल्य बुधबार बढेको छ । बुधबार प्रतितोला ६०० रूपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार मूल्य स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।