५ वर्ष बढी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बसेका ५४ प्रहरी हटाइए

सय किलो सुन बरामद प्रकरण : भन्सार अधिकृत चन्द निलम्बन
प्रकाशित : :

लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ५४ प्रहरी कर्मचारीहरू हटाइएका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ५४ जना प्रहरीहरूलाई हटाएको हो।

उनीहरूको ठाउँमा अरूलाई नै पठाएको प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार आवश्यकताको सिद्धान्त अनुसार उक्त सरूवा गरिएको हो। प्रहरी कर्मचारीहरू पाँच वर्षभन्दा बढी समय बसेकाहरू समेत छन्। 

प्रहरी कर्मचारीहरूलाई एकै ठाउँमा लामो समय राख्नुभन्दा विभिन्न क्षेत्रमा खटाउने प्रावधान रहेको उनी बताउँछन्।  विमानस्थलमा विशेषगरी एसइई परीक्षा पास भएको र अंग्रेजी भाषा बोल्न सक्नेहरूलाई पठाउने गरिएको छ। 

आवश्यकताअनुसार अन्य कर्मचारीहरूलाई पनि हेरफेर गर्नेबारे तयारी भइरहेको प्रहरीले जनाएको छ। 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट