काठमाडौँ ८ वैशाख । चर्चित गीतकार प्रमिला बस्नेतको शव्दमा ‘सधैं देख्ने सपनाको’ बोलको गीत सार्वजनिक भएको छ। पछिल्लो समयमा आफ्नो गायन मार्फत धेरै को मन जितिरहेकी कैलालीकी गायिका संगीता चौधरीको स्वरमा रहेको यस गीतमा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्ज छ । प्रेमील भाव व्यक्त गरिएको गीतमा एक प्रेमी प्रेमिका बीचको माया स्नेहा लाई भावनात्मक रुपमा समाबेश गरिएको छ । गीतमा छायाँकन तथा सम्पादन र निर्देशन मिराज अर्यालको रहेको छ ।क्यानडामा बस्दै आएकी गीतकार प्रमिला बस्नेतले आफ्नै युट्युब मार्फत यो गीत सार्वजनिक गरेकी छिन्। यस अघि उनका यो जिन्दगीको , बनकी चरी, भगेरी चरी, फर्की आऊ मेरो हजुर , प्रेम गरौं जस्ता कयौं सृजना बजारमा आइसकेका छन् ।







You must be logged in to post a comment.