नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिवाभोजको आयोजना गरेका छन् ।
प्रधानमन्त्री दाहालले आज बिहान द्वारिका होटलमा उनको सम्मानका दिवाभोजको आयोजना गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री दाहालले कतारी अमिरलाई स्वागत गरे । दिवाभोजमा दुवै पक्षका विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
उनीहरूबीच आज यसअघि होटल सोल्टीमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । वार्तामा विभिन्न ६ विषयमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मंगलबार अपरान्ह नेपाल आइपुगेका थिए । कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए ।
राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही साँझ राजकीय भोजको आयोजना गरेका थिए । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण भएको हो ।