धनगढीको सहिद गेटबाट चोरी भएको मोटरसाईकल फेला

धनगढीको सहिद गेटबाट चोरी भएको मोटरसाईकल फेला परेको छ।
प्रकाशित : :

धनगढीः धनगढीको सहिद गेटबाट चोरी भएको मोटरसाईकल फेला परेको छ। चोरी गर्ने २ युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोत नगरपालिका वडा नम्बर–२ बसन्थलाका १८ वर्षीय सन्देश खत्री र बेदकोत नगरपालिका वडा नम्बर–२ को १८ वर्षीय लोकेश बोहरा रहेको प्रहरी श्रोतले जनाएको छ ।

बेदकोत नगरपालिकाको स्थानीयले देखेपछि बाइक धनी निरज चौधरीलाई खबर गरेपछि प्रहरीको सहकार्यमा चौधरीसहितको टोली गएर चोरी गर्ने दुबै युवकलाई पक्राउ गरिएको छ। अहिले ती युवकलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरेर सर्वजनिक गर्ने जनाएको छ। 

धनगढी उपमहानगरपालिका–४ चटकपुर सहिद गेटको एम कलर सेन्टरको अगाडी राखेको निरज चौधरीको सुदूरपश्चिम प्रदेश ०१०१० प ७९७८ नम्बरको २०० सिसि एनएस बल्याक र ग्रे कलरको मोटरसाईकल आइतवार राति १ बजेदेखि २ बजेको बिचमा चोरी भएको थियो।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट