धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । कृष्णपुर नगरपालिकाको आयोजना र धनगढीको सहिद गेट स्थित स्वस्तिक कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटल कैलालीको प्राविधिक तथा आर्थिक सहयोगमा शिविर सञ्चालन गरिने भएको हो ।
यही जेठ ५ गते बिहान ८ः०० बजे देखि बेलुकी ४ः३० बजे सम्म २४ घण्टे स्वास्थ्य चौकी श्री कृष्णपुर स्वास्थ्य चौकी कञ्चनपुरमा आयोजना हुने उक्त निःशुल्क स्वास्थ्य शिविरमा तीन जना विशेषज्ञहरू क्रमशः जनरल मेडिसिन फिजिसियन द्वारा चेक जाँच, स्त्री तथा प्रसूति रोग सम्बन्धी चेक जाँच र नाक, कान, घाँटी रोग सम्बन्धी चेक जाँच सेवा प्रदान गरिने कृष्णपुर नगरपालिकाको कार्यालयले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
“श्री वडा कार्यालय तथा स्वास्थ्य संस्था वडा नं. १ देखि ८ सबै कृष्णपुर, कञ्चनपुर । उपरोक्त सम्बन्धमा यही मिति २०८१/२/५ गते बिहान ८ः०० बजे देखि बेलुकी ४ः३० बजे सम्म यस २४ घण्टे स्वास्थ्य चौकी श्री कृष्णपुर स्वास्थ्य चौकी कञ्चनपुरमा कृष्णपुर नगरपालिकाको आयोजना र श्री स्वस्तिक कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटल धनगढी, कैलालीको प्राविधिक तथा आर्थिक सहयोगमा तपशीलको सेवा सहित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने हुँदा जानकारीका साथै आवश्यक सहयोग, समन्वय तथा प्रचार प्रसारका लागि अनुरोध गरिन्छ ।”
सूचनामा भनिएको छ ।







You must be logged in to post a comment.