सिरोहियालाई नागरिकता दिने सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

कैलाश सिरोहिया

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी र शाखा अधिकृतविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।

सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो ।

सिरोहियाको नागरिकतामा कैफियत देखिएपछि प्रहरीले उहाँलाई पक्राउ गरेको थियो । यसैबीच उहाँलाई बुधबार हिजो प्रहरीले हाजिरी जमानीमा रिहा गरिसकेको छ ।

२०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनु भएको पाइएको छ । उहाँका बुबा स्वर्गिय घासीराम मारवाडीको नागरिकता अंकिकृत थियो । तर सिरोहियालाई वंशजको नागरिकता जारी गरिएको अनुसन्धानबाट खुलेको छ ।

यस्तै सिरोहियाले नागरिकता बनाउने क्रममा बसोबास गर्दै आएको वडाभन्दा अर्के वडाबाट सिफारिस लिएको समेत पाइएको छ । –दैनिकनेपालबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार