बैतडी : नेपाल विद्यार्थी संघ बैतडी जिल्लाको अध्यक्षको जिम्मेवारी विरेन्द्र कुमार साउँदले पाएका छन् । बैतडीबाट नेवि संघको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने १० जना केन्द्रीय सदस्यमध्ये ८ जनाको बहुमतबाट साउँदलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको हाे ।
नेवि संघ बैतडीका निवर्तमान जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य कपिल केसीले का अनुसार यसअघि बैतडीमा कार्यवाहक अध्यक्षको रूपमा रहेका केशव बहादुर चन्दलाई पार्टीले हस्तक्षेप गरी जिम्मेवारीबाट हटाएर दिपेन ढुंगाललाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएपछि त्यसको बर्खिलापमा बैतडीबाट प्रतिनिधित्व गर्ने बहुमत केन्द्रीय सदस्यको सहमतिमा साउँदलाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।







You must be logged in to post a comment.