नेपाल बंगबन्धु कप कबड्डीमा बन्यो उपविजेता

नेपाल बंगबन्धु कप कबड्डीमा बन्यो उपविजेता

काठमाडौं : नेपाल बंगबन्धु कप कबड्डीमा उपविजेता बनेको छ। बंगलादेशको राजधानी ढाकामा सोमबार सम्पन्न फाइनलमा खेलमा घरेलु टोलीसँग ४५–३१ अंकले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको हो।

खेलको पहिलो हाफमा बंगलादेशले २४–१० अंकको फराकिलो अग्रता बनाएको थियो। तर, दोस्रो हाफमा नेपाल खेलमा फर्किँदै २१–२१ अंकको बराबरी अंक जोडेको थियो। यद्यपि, त्यो प्रयाप्त रहेन।

समूह चरणको खेलमा बंगलादेशले नेपाललाई ४६–३१ अंकले पराजित गरेको थियो। सेमिफाइनलमा केन्यामाथि अतिरिक्त पाँच रेडमा ९-५ अंकले पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो।

बंगलादेशले थाइल्यान्डलाई ४१–१८ अंकले पराजित गरेको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार