विश्व रक्तदाता दिवसमा सर्बाधिक रक्तदाता सम्मानित

विश्व रक्तदाता दिवसमा सर्बाधिक रक्तदाता सम्मानित

कैलाली : विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँएकाे छ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् ।

यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिनका रुपमा पनि मनाउने गरिन्छ ।

यस वर्ष ‘रक्तदान उत्सवको दुई दशक: सबै रक्तदाताहरूलाई धन्यवाद’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ ।

नाराले जीवनपर्यन्त रगतको आवश्यक पर्ने बिरामीलाई रगतदिने दातालाई धन्यवादको महत्वलाई दर्शाएको छ । यसले नियमितरुपमा रगतदान गर्ने दाता मार्फत दिगो र सुरक्षित आपूर्तिको महत्वबारे समेत चर्चा गरेको छ ।

यही अवसरमा देशभरका विभिन्न सङ्घसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेको छ ।

  • सर्बाधिक रक्तदाता सम्मानित र रक्तदान

दिवसकै अवसर पारेर धनगढी जेसिज र वाल्मीकि इन्टरनेशनल स्कुलले धनगढीमा रक्तदानको कार्यक्रम आयोजना गरेका छन ।

धनगढी जेसिजले आयोजना गरेको रक्तदान कार्यक्रममा प्रदेशमै सबैभन्दा धेरै १०५ पटक रक्तदान गरेको भन्दै स्वयंसेवी रक्तदाता तथा नेपाली हेडलाईनका सह-सम्पादक दीपक उपाध्यायलाई सम्मानित गरेको छ ।

त्यस्तै दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढीले रक्तदान गर्ने विभिन्न संघसंस्थाहरुलाई प्रमाणपत्र प्रदान गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार