लागू औषधको लत लागेको छ ? सुध्रिहाल्नुस् नत्र खोरमा लतारिनु पर्ला !

लागूऔषध

धनगढीः लागूऔषध सेवन गरिरहेका बेला धनगढीका ३ युवक पक्राउ परेका छन्। लागूऔषध सेवन गरिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–७ बस्ने ३३ वर्षीय भुवन बम, धनगढी उपमहानगरपालिका–१५ का २४ वर्षीय नविन चौधरी र २९ वर्षीय बलभुत राना पक्राउ परेका हुन्।

प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–७ बेलीबाट तीनै जनालाई लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ। साथै उनीहरुको साथबाट १८० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)समेत फेला परेको प्रहरीले जनाएको छ। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार