मेलान सुदूरपश्चिम प्रदेशले बुझायो सामाजिक विकास मन्त्री भाटलाई ध्यानाकर्षण पत्र

मेलान सुदूरपश्चिम प्रदेशले बुझायो सामाजिक विकास मन्त्री भाटलाई ध्यानाकर्षण पत्र

धनगढी : मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) सुदूरपश्चिम प्रदेश कार्य समितिले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओम विक्रम भाट (सरल) लाई ध्यानाकर्षण पत्र बुझाएको छ । आइतबार सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकको जिम्मेवारी विषय विज्ञलाई नदिइएको प्रति आपत्ति जनाउँदै मेलानले ध्यानाकर्षण पत्र बुझाएको हो ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुदूरपश्चिम प्रदेश स्वीकृत दरबन्दी तेरिज एवं सङ्गठनात्मक संरचनाको स्वीकृत दरबन्दी तेरिजमा उल्लेख नभएको समूह तथा उपसमूह नमिल्ने वरिष्ठ जनस्वास्थ्य अधिकृतलाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकमा जिम्मेवारी दिइएको निर्णय प्रति स्वतन्त्र पेसागत सङ्गठन मेलानको गम्भीर ध्यानाकर्षण सहित उक्त ध्यानाकर्षण पत्र बुझाइएको मेलान सुदूरपश्चिम प्रदेशका सचिव माधव प्रसाद जोशीले बताए ।

मेलानका अध्यक्ष दीपेन्द्र प्रसाद तिवारी द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ, “कोरोना महामारीका बखत सोको निदान, नियन्त्रण तथा रोकथामका लागि निभाएको भूमिका होस या रोग निदानमा आधुनिक चिकित्सा पद्धतिको मेरुदण्डको रूपमा रहेको क्षेत्र प्रयोगशाला हो । यस क्षेत्रको कुशल प्रशासकका रूपमा विषय विज्ञ हुनु आवश्यक छ भन्ने कुराको जानकारी गराउँदै, प्रयोगशालाकर्मीको मान मर्दन पेसागत हकहित रक्षाको लागि यो सङ्गठनको हमेसा पहरे दारी रहन्छ । अन्त्यमा यहाँ समक्ष अविलम्ब सकारात्मक पहलकदमी तथा निर्णयको आग्रह गर्दछौ।”

सोही क्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओम विक्रम भाट (सरल)ले आफू मन्त्रालयमा नयाँ भएको र यहाँ भएका समस्याहरू बारे ब्रिफिङ लिएर संस्थागत सुधारका निम्ति चाडै समस्याहरू समाधान गर्ने गरी अगाडी बढ्ने बताएका छन् । यो मात्रै हैन अन्य थुप्रै कुराहरू विभिन्न कोणबाट आएका छन् । “सबै समस्या समाधानका निम्ति चाडै नतिजा आउने गरी काम गर्छु ।” उनले भने ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

88%

खुसी

0%

दुःखी

13%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार