एसपीए कलेजमा आयोजना हुने धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४ को तयारी पुरा

एसपीए कलेजमा आयोजना हुने धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४ को तयारी पुरा

धनगढी : एसपीए कलेजमा आयोजना हुने ‘धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४’ को तयारी पुरा भएको छ । यही असार ७ र ८ गते उक्त प्रतियोगिता कलेजको परिसमा हुन लागेको हो ।

एसपीए स्पोर्टस क्लब र स्क्र्याबल क्लब धनगढीको संयुक्त आयोजनामा हुने खुला स्क्र्याबल प्रतियोगिता २०२४ मा जुनसुकै उमेर समूहका विद्यार्थीले पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगीहरूको रूपमा सो प्रतियोगितामा भाग लिनेछन् ।

स्क्र्याबल क्लब का केन्द्रीय अध्यक्ष केशव प्रसाद पराजुलीका अनुसार दोस्रो विश्व युद्ध पश्चात् इ.सं. १९३८ बाट सुरु भएको स्क्र्याबल खेल एक शब्द सोच्न सक्ने शक्तिको विकास गर्ने खेलको रूपमा लिन सकिन्छ । स्क्र्याबल बालबालिका देखी जुनसुकै उमेर समूहका व्यक्तिहरूले पनि खेल्न मिल्ने खल हो । यो स्बोर्डमा ‘पजल’मार्फत अक्षरहरूको संयोजन गरेर अङ्ग्रेजी शब्द निर्माण गर्न सिकाइने पद्धति हो ।

पराजुलीका अनुसार अन्य खेलहरूले शारीरिक तन्दुरुस्ती लगायतका विषयहरूमा बढी महत्त्वपूर्ण भूमिका खेले जस्तै यो खेलले पनि बौद्धिक तथा मानसिक रूपमा मानवलाई अब्बल बनाउने गर्दछ ।

स्क्र्याबल खेल नेपालमा पहिलो पटक सन् २०१५ मा सुरुवात गरिएको थियो। ‘एनाग्राम’ र ‘क्रसवर्ड’हरू संयोजन गर्ने यो खेलको एउटा ‘ब्राण्ड नेम’हो, शब्दको खेलका रूपमा लिइने यो खेलले विद्यार्थीमा सिकाइप्रति उत्प्रेरणा जाग्ने, शब्द भण्डारको वृद्धि हुने, खेलमै सिकाइ हुने, स्मरण शक्तिको विकास हुने, विद्यार्थीलाई रचनात्मक बन्न प्रेरित गने गरेको देखिन्छ।

जसमा दुईदेखि चार जनासम्म खेलाडीहरूले शब्दहरू निर्माणका लागि विभिन्न बिन्दुमानहरूको ‘काउन्टर’ प्रयोग गर्ने गर्छन् भने साधरणतया दुई जनाको बिचमा खेल खेलाइँदै आएको पाइन्छ ।

स्क्र्याबल खेलको नेपालीमा पनि खेलाइने व्यवस्था भए पनि हाल बढी जस्तो स्थानमा अङ्ग्रेजी अक्षरहरू मा नै खेल्ने प्रचलन बढी देखिन्छ । भने एसपीए कलेजमा खेलाइने स्क्र्याबल खेल पनि अङ्ग्रेजीमै खेलाइने छ ।

एसपीए स्पोर्टस् क्लबका अध्यक्ष गोविन्द भट्टका अनुसार उक्त प्रतियोगितामा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, स्थानीय परिकारहरूको स्वाद लिन पाइनुका साथै विभिन्न स्थानबाट आउने प्रतियोगीहरूलाई धनगढी क्षेत्र भ्रमण गराइने भएको छ ।

बिहान ७ बजे देखी सुरु हुने प्रतियोगिता सफल पार्न स्क्र्याबल क्लब नेपाल, डब्ल्यु.ई.एस.पी.ए. अमेरिकन कर्नर पोखरा, पोखरा सामुदायिक पुस्तकालय , अमेरिकन कर्नर धनगढी, कैलाली उद्योग वाणिज्य संघ, धनगढी उप महानगरपालिका, चैतन्य पाठशाला, नवील बैंक, ब्राईटवे पब्लिक स्कुल, ब्रेड बक्स द बेकरी क्याफे, ग्ली एकेडेमी र इमेज होटेलले सहयोगीका रूपमा सहकार्य गर्ने भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार