ओली, दाहाल र लामिछाने भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रकाशित : :

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच आज भेटवार्ता भएको छ । 

संसद्‌मा छलफल भइरहेको बजेट आगामी साता पारित गर्नेबारे तीन नेताबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

तीन नेताबीच जनमत र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउनेबारे पनि छलफल भएको बताइएको छ। 

श्रोतका अनुसार राजदूत नियुक्तिका विषयमा पनि छलफल भएको बताइएको छ। छलफलले राजदूत नियुक्तिका विषयमा दलीय भागबण्डा बारे छलफल भएको र केही विषय टुंगो लागेको श्रोतको भनाइ छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार