धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४ ‘डोस्ट’ सम्पन्न, ओभरअल विजेता बने अर्नभ

धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४ 'डोस्ट' सम्पन्न, ओभरअल विजेता बने अर्नभ

धनगढी, असार ०८ :  धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४ ‘डोस्ट’ सम्पन्न भएको छ । एसपीए स्पोर्टस क्लब, स्क्र्याबल क्लब धनगढी र अमेरिकन कर्नर धनगढीको संयुक्त आयोजनामा एसपीए कलेजमा शुक्रवार बाट सुरु भएको उक्त प्रतियोगिता शनिवार सम्पन्न भएको हो । 

वेस्पा इन्टरनेश्नल (डब्ल्यु.ई.एस.पी.ए) स्ट्यान्डआर्डमा खेलाइएको प्रतियोगितामा नेपाल भरीका आठ जिल्ला (कञ्चनपुर, कैलाली, दाङ, रुपन्देही, नवलपरासी, चितवन, कास्की र हेटौडा) बाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेली सकेका ११ देख २६ वर्ष उमेर समूहका ६० जना प्रतियोगीहरू को सहभागिता रहेको थियो । 

धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४ ‘डोस्ट’ मा सहभागी प्रतियोगीहरू मध्ये धनगढीको ग्लि एकेडेमी धनगढी कैलालीकी स्वस्तिका उपाध्याय १५ खेल मध्ये ९ खेलमा जित हासिल गर्दै इर्मजिङ प्लेयर हुन सफल भएकी छन् । भने पोखराको सैनिक आवासीय महाविद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सक्षम कार्की १५ खेलमा ९ खेल जित्दै प्लस २२१३ स्कोर सहित हायस्ट स्कोरर, चितवनको अंकुरम एकेडेमीमा अध्ययनरत छात्र नीराजन पौडेल १५ खेल मध्ये १० खेल जित्दै प्लस ४५८ अंकका साथ १४ वर्ष मुनिका विजेता खेलाडी बनेका छन् । 

यस्तै, नवलपरासीकी छात्रा बिनिता बर्मा १५ खेलमा १२ खेल जित्दै प्लस २६६४ अंकका साथ १६  वर्ष मुनिकी विजेता खेलाडी घोषित भएकी छन् । भने वाल्मीकि शिक्षा सदन चितवनमा कक्षा १२ मा अध्ययनरत छात्रा अर्चना पाण्डेय १५ खेलमा १३ खेलमा जित हात पार्दै प्लस २३८७ अंकका साथ १६ वर्ष भन्दा माथि उमेर समूहकी विजेता तथा फस्ट रनर अप हुन सफल भएकी छन् । 

त्यस्तै, लिटील फ्लावर स्कुल चितवनमा कक्षा ८ मा अध्ययनरत छात्र १३ वर्षीय अर्नभ पाण्डेयले खेलाइएका १५ वटै खेलमा जित हासिल गर्दै धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४ ‘डोस्ट’ को ओभरअल ‘विनर’ विजेता बनेका छन् । अर्नभले यस अघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा जित हासिल गरिसकेका छन् । उनी हाल सम्मको प्रदर्शन हेर्दा अब्बल स्क्र्याबल खेलाडीका रूपमा स्थापित हुँदै गइरहेका खेलाडी हुन् । 

प्रतियोगितामा जित हात पारेका अर्नभले धनगढी आएर आफूले खेल्न पाउँदा निकै खुसि लागेको बताउँदै यस्तो गर्मीमा पनि एसपीए कलेजले चिसो एसीमा बसेर स्क्र्याबल खेल्ने व्यवस्थापन गर्नुका साथै धनगढीमा बस्दा उचित खानपान र आवासको व्यवस्थापन गरिदिएकोमा आयोजक एसपीए स्पोर्टस क्लब तथा सहयोगी सबैमा धन्यवाद दिँदै आगामी लक्ष श्रीलङ्कामा हुने वेस्पा अन्तर्राष्ट्रिय स्तरको खेल खेल्ने रहेको बताएका छन् । 

धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४ ‘डोस्ट’ का विजेता खेलाडीहरूले नगद ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन् । 

त्यस्तै, प्रतियोगिताका टेक्निकल हेड अर्जुन पाण्डेले निकै रोमाञ्चक र भव्यताका साथ प्रतियोगिता सम्पन्न भएको बताउँदै सबै अभिभावकलाई आफ्ना नानी बाबुहरूलाई स्क्र्याबल खेल खेल्न प्रेरित गर्न अनुरोध गरेका छन् । भने बालबालिका हरू पछिल्लो समय मोबाइलको लतमा फसी रहेको बेला मोबाइल भन्दा पनि माइन्ड तिखार्ने स्मरण शक्ति बढाउने स्क्र्याबल खेल प्रतियोगिता धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४ ‘डोस्ट’ को आयोजना गरी उत्कृष्ट कार्य गरेको प्रति आयोजक एसपीए कलेज परिवारलाई हार्दिक धन्यवाद दिएका छन् । 

प्रतियोगितालाई थप आनन्दित र ऊर्जावान् बनाउन विभिन्न सांस्कृतिक प्रस्तुतिहरू र स्थानीय परिकारहरूको स्वाद चखाउने प्रयत्न गरेको बताउँदै आ-आफ्नो स्थान बाट प्रतियोगिता सफल पार्न सहयोग गर्ने एसपीए कलेज, स्क्र्याबल क्लब नेपाल, डब्ल्यु.ई.एस.पी.ए., अमेरिकन कर्नर पोखरा, पोखरा सामुदायिक पुस्तकालय , अमेरिकन कर्नर धनगढी, कैलाली उद्योग वाणिज्य संघ, धनगढी उप-महानगरपालिका, चैतन्य पाठशाला, नवील बैंक, ब्राईटवे पब्लिक स्कुल, ब्रेड बक्स द बेकरी क्याफे, ग्ली एकेडेमी, एक्सपर्ट एजुकेसन र इमेज होटेललाई विशेष धन्यवाद दिएका छन् । 

अन्य प्रतियोगीहरू कसले गरे कस्तो प्रदर्शन ?

  • के हो स्क्र्याबल खेल ?

स्क्र्याबल क्लबका केन्द्रीय अध्यक्ष केशव प्रसाद पराजुलीका अनुसार दोस्रो विश्व युद्ध पश्चात् इ.सं. १९३८ बाट सुरु भएको स्क्र्याबल खेल एक शब्द सोच्न सक्ने शक्तिको विकास गर्ने खेल हो । स्क्र्याबल बालबालिका देखी जुनसुकै उमेर समूहका व्यक्तिहरूले पनि खेल्न मिल्छ भने यो स्बोर्डमा ‘पजल’मार्फत अक्षरहरूको संयोजन गरेर अङ्ग्रेजी शब्द निर्माण गर्न सिकाइने पद्धति हो ।

अन्य खेलहरूले शारीरिक तन्दुरुस्ती लगायतका विषयहरूमा बढी महत्त्वपूर्ण भूमिका खेले जस्तै यो खेलले पनि बौद्धिक तथा मानसिक रूपमा मानवलाई अब्बल बनाउने र अहिलेको समयमा बालबालिकाहरू लाई मोबाइलको कुलतबाट जोगाउन समेत महत्त्वपूर्ण भूमिका खेलिरहेको पराजुलीको भनाई छ ।

स्क्र्याबल खेल नेपालमा पहिलो पटक सन् २०१५ मा सुरुवात गरिएको थियो। ‘एनाग्राम’ र ‘क्रसवर्ड’हरू संयोजन गर्ने यो खेलको एउटा ‘ब्राण्ड नेम’हो, शब्दको खेलका रूपमा लिइने यो खेलले विद्यार्थीमा सिकाइप्रति उत्प्रेरणा जाग्ने, शब्द भण्डारको वृद्धि हुने, खेलमै सिकाइ हुने, स्मरण शक्तिको विकास हुने, विद्यार्थीलाई रचनात्मक बन्न प्रेरित गने गरेको देखिन्छ। जसमा दुई देखि चार जनासम्म खेलाडीहरूले शब्दहरू निर्माणका लागि विभिन्न बिन्दुमानहरूको ‘काउन्टर’ प्रयोग गर्ने गर्छन् भने साधरणतया दुई जनाको बिचमा खेल खेलाइँदै आएको पाइन्छ ।

स्क्र्याबल खेलको नेपालीमा पनि खेलाइने व्यवस्था भए पनि हाल बढी जस्तो स्थानमा अङ्ग्रेजी अक्षरहरू मा नै खेल्ने प्रचलन बढी छ । फलस्वरुप एसपीए कलेजमा खेलाइने स्क्र्याबल खेल पनि अङ्ग्रेजीमै खेलाइएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार