एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०ः बर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०ः बर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक
प्रकाशित : :

धनगढी : ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आगामी असार १२ गते धनगढीको एसटिएस सिनेमा हलमा आयोजना हुने अवार्डका ८ विधामध्ये बर्ष प्रशिक्षक र बर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको मुख्य प्रबद्र्धनमा आयोजना हुने ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को बर्ष प्रशिक्षकको मनोनयनमा कबड्डीका विष्णुदत्त भटट्, भारात्तोलनका जीवन गौतम र एथलेटिक्सका रामचन्द्र जोशी परेका छन् । यस्तै बर्ष युवा खेलाडीको मनोनयनमा भारात्तोलनका हेमन्त पाल, फुटबलका कुशल देउवा र क्रिकेटका आकाश चन्द परेका छन् ।

विष्णुदत्त भट्ट १९ औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक जिताउने प्रशिक्षक हुन् । पहिलो सहभागितामै पदक जितेर इतिहास रच्ने प्रशिक्षक बनेका उनी एसियाली खेलकुदमा कबड्डीबाट पदक दिलाउने पहिलो सुदुरपश्चिमका प्रशिक्षक हुन् । भारात्तोलन प्रशिक्षक जीवन गौतम एसियन युथ एन्ड जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपाललाई ३८ वर्षपछि ३ वटा कास्य पदक जिताउने प्रशिक्षक हुन । आईडब्लुएफ वल्र्ड कपमा ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीका प्रशिक्षक गौतमले कतार ऐसियन च्याम्पियनसीप र ऐसियन गेम्समा नेपालको तर्फबाट भारात्तोलन प्रशिक्षक भएर भुमिका निर्वाह गरेका छन् ।

एथलेटिक्सका प्रशिक्षक रामचन्द्र जोशी अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदुरपश्चिमलाई दोस्रो स्थानमा ल्याउन सबैभन्दा बढी पदक दिलाउने प्रशिक्षक हुन् । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा २१ स्वर्ण २१ रजत र ३० कास्य पदक गरी सुदुरपश्चिमले ७२ पदक जित्दा एथलेटिक्सबाट ६ स्वर्ण ६ रजत र ५ कास्य गरी १७ पदक सुदुरपश्चिमले जितेको थियो । १४ औँ राष्ट्रपति रनिङ शिल्डमा सुदुरपश्चिमलाई पहिलो बनाउन सबैभन्दा बढी पदक दिलाउने प्रशिक्षक जोशीको नेतृत्वमा १४ औँ राष्ट्रपति रनिङ शिल्डमा १९ स्वर्ण १२ रजत र १८ कास्य गरी सुदुरपश्चिमले ४९ पदक जित्दा एथलेटिक्सबाट ७ स्वर्ण ९ रजत र ७ कास्य गरी २३ पदक हात पारेको थियो ।

बर्ष यवा खेलाडीको मनोनयनमा परेका भारात्तोलन खेलाडी हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा आफ्नो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै ७३ किलो तौल समूहमा तीन कांस्य पदक हात पारेका छन् । एसियन युथ एन्ड जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपाललाई उनले ३८ वर्षपछि पदक जिताएका हुन् ।

फुटबलका कुशल देउवाले नेपाल सुपर लिगको दोस्रो संस्करणको च्याम्पीयन ललीतपुर सिटी एफसीलाई फाईनलमा पुराउँदा उत्कृष्ट प्रदर्शन गर्दै निर्णायक गोल गरेका थिए । साफ यू–१९ च्याम्पियनसिपमा नेपालको सेमिफाईनलसम्मको यात्रामा प्रभाव राखेका उनले १७ बर्षको उमेरमा देशभरका विभिन्न घरेलु प्रतियोगितामा आफ्नो छाप छोड्न सफल भएका छन् ।

क्रिकेटका आकाश चन्द दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानलाई हराउँदा उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएर म्यान अफ द म्याच बनेका थिए । आईसीसी यू–१९ विश्वकपमा न्युजिल्यान्डसँग खेलमा तीन विकेट लिंएका उनले नेपाललाई सुपर सिक्समा पुगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यसअघि सुदुरपश्चिम आईकन पुरुष र महिला विधा सार्वजनिक गरिएको थियो । सुदुरपश्चिम आईकन पुरुष तर्फको विधामा एथलेटिक्सका आशिष महर, शारिरीक सुगठनका रञ्जित लामा र क्रिकेटका नरेन भट्ट मनोनयमा परेका छन् । महिला तर्फ क्रिकेटकी मनिषा बोहोरा एथलेटिक्सकी देवकीकुमारी धामी र फुटबलकी बिर्सना चौधरी मनोनयनमा परेकी छन् ।

अवार्डमा दिईने आठ विधामध्ये ४ विधाको मनोनयन सार्वजनिक गरिदैं आएकोमा अब थप दुई विधाको मनोनयन सार्वजनिक गरिनेछ । दुई विधा लाईफटाईम एचिभमेन्ट र स्पेशल अवार्ड कार्यक्रमकै दिन घोषणा गरिनेछ ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । प्रायोजकमा नवजीवन को अपरेटिभ्स लिमिटेड, ठाकुर एग्रो ईन्डष्टिज, गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेण्टल, न्यु सिटी पोलिक्लिनिक र सिराज ईन्टरनेशनल रहेका छन् । अवार्डलाई सफल पार्नका लागि गुरुजी सटिङ सुटिङ, होटेल डिभोटी, भायानेट, होटेल सौराई रहेका छन् । पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार