एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड सम्पन्न : दीपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी

एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड सम्पन्न : दीपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी

धनगढी : ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मा क्रिकेटका दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू सर्वोकृष्ट खेलाडी घोषणा भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीका आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमीको प्रायोजन र सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको मुख्य प्रबद्र्धनमा भएको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका ऐरी र कबड्डीकी बडू सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

क्रिकेटका ऐरीसँगै भलिबलका टेकराज अवस्थी र भारात्तोलनका सागर भण्डारी वर्ष पुरुष खेलाडीको मनोनयनमा परेका थिए । कबड्डीकी बडुसँगै वर्ष खेलाडी महिलाको मनोनयनमा क्रिकेटकी कविता जोशी र भलिबलकी निरुता ठगुन्ना परेकी थिइन् । यो विधाका उत्कृष्ट खेलाडी पुरुष र महिलाले ३५÷३५ हजार प्राप्त गरेका छन् ।

कबड्डीका बिष्णुदत्त भट्ट वर्ष प्रशिक्षक भएका छन् । वर्ष प्रशिक्षक विधामा भारात्तोलनका जीवन गौतम र एथलेटिक्सका रामचन्द्र जोशी मनोनयनमा परेका थिए । यो विधाका उत्कृष्ट भएका प्रशिक्षकले ३० हजार प्राप्त गरे ।

वर्ष युवा खेलाडी भारात्तोलनका हेमन्त पाल भए । यो विधामा फुटबलका कुशल देउवा र क्रिकेटका आकाश चन्द मनोनयनमा परेका थिए । यो विधाका बिजेताले २५ हजार प्राप्त गरे ।

सुदूरपश्चिम आइकन पुरुष विधामा क्रिकेटका नरेन भट्ट विजेता भएका छन् । यो विधामा एथलेटिक्सका आशिष महर र शारिरीक सुगठनका रञ्जित लामा मनोनयनमा परेका थिए । सुदूरपश्चिम आइकन महिला विधामा एथलेटिक्सकी देवकी धामी बिजेता भएकी छिन् । यो विधामा क्रिकेटकी मनिषा बोहोरा र फुटबलकी विर्सना चौधरी मनोनयनमा परेकी थिईन् । सुदूरपश्चिम आइकन पुरुष र महिला विधाका विजेताले २०÷२० हजार प्राप्त गरेका छन् ।

‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को लाइफटाइम अचिभमेन्ट अवार्ड तेक्वान्दो प्रशिक्षक गोविन्द बिष्टले पाएका छन् । उनले नगद २५ हजार प्राप्त गरे । स्पेशल अवार्ड पौडीका अथर्व सिंह र कराँतेका प्रदीप वैजाली मगरले संयुक्त रुपमा पाए । उनीहरुले जनही साढे १२÷१२ हजार प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकासमन्त्री ओमविक्रम भाट, विशिष्ठ अतिथिद्धय सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकवहादुर सिंह र सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवाश शाही लगायतले बिजेता र मनोनित खेलाडीहरुलाई पुरस्कार वितरण गरे । पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिएको हो ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको थियो । प्रायोजकमा नवजीवन को–अपरेटिभ्स लिमिटेड, ठाकुर एग्रो ईन्डष्ट्रिज, गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेण्टल, न्यु सिटी पोलिक्लिनिक र सिराज ईन्टरनेशनल रहेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार