धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४का विजेता दिदी-भाइ, अर्चना र अर्नभ

धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४ का विजेता दिदी-भाइ, अर्चना र अर्नभ

धनगढी : असार ८ गते शनिवार सम्पन्न धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४  ‘डोस्ट’ दिदी र भाइ विजेता बनेका छन् ।  एसपीए स्पोर्टस क्लब, स्क्र्याबल क्लब धनगढी र अमेरिकन कर्नर धनगढीको संयुक्त आयोजनामा एसपीए कलेजमा भएको प्रतियोतिामा चितवनबाट प्रतिनिधित्व गर्दै अर्चना र अर्नभ पाण्डेय विजेता बनेका हुन् । 

लिटील फ्लावर स्कुल चितवनमा कक्षा ८ मा अध्ययनरत छात्र १३ वर्षीय अर्नभ पाण्डेय धनगढीमा भएका १५ वटै खेलमा जित हासिल गर्दै प्लस ४०१९ अङ्कका साथ धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४ ‘डोस्ट’ को ओभरअल ‘विनर’ विजेता बनेका थिए भने वाल्मीकि शिक्षा सदन चितवनमा कक्षा १२ मा अध्ययनरत छात्रा अर्नभ की दिदी अर्चना पाण्डेय १५ खेलमा १३ खेलमा जित हात पार्दै प्लस २३८७ अङ्कका साथ १६ वर्ष भन्दा माथि उमेर समूहकी विजेता तथा फस्ट रनर अप हुन सफल भएकी हुन् ।

अर्नभले यस अघि ३ राष्ट्रिय र ३ अन्तर्राष्ट्रिय खेल एसीया युथ कप, वर्ल्ड युथ स्क्र्याबल कप लगायतका खेल खेली सकेका छन् । 

अर्नभले धनगढीमा भएको प्रतियोगिताको सातौँ राउण्डमा दिदी अर्चना सँग खेल्नु परेको थियो स्क्र्याबल खेलका दुई वटै अब्बल खेलाडीले भारी प्रतिस्पर्धाका कारण खेल रोमाञ्चक बनेको थियो । ४ बिंगोस र ६२ पोइन्टका साथ अर्नभले दिदीलाई पराजय गर्दै विजयी भएका थिए । 

अर्नभले आफ्नो दिदी सँग खेलेको यो पहिलो खेल नभए पनि धनगढीमा भएको प्रतिस्पर्धाले एक विशिष्ट अनुभूति भएको बताएका छन् ।

यस्तै,  ४ वर्ष देखी स्क्र्याबल खेलिरहेकी १८ वर्षीय अर्चनाले पनि यस अघि जिल्ला स्तरीय २, राष्ट्रिय ३ र अन्तर्राष्ट्रिय २ खेल खेली सकेकी छन् भने उनी बेस्पा रेटेड प्लेयर हुन् । 

भाइको उज्ज्वल भविष्यको कामना गरी रहने अर्चनाले जितको लागी खुसी व्यक्त गर्दै धनगढी आएर खेल्न पाउँदा थप अनुभव प्राप्त गर्ने मौका प्राप्त गरेको बताएकी छन् । उनी भन्छिन्, ‘भाइ सँग घरमा सधैँ खेली राखेकै हो तर प्रतियोगितामा भने दोस्रो पटक हो भाइ पनि बलियो खेलाडी भएका कारण हामी बिच कडा प्रतिस्पर्धा भने हुन्छ । जे होस यो एकदमै फरक अनुभव रह्यो यादगार पल नै भन्नु पर्छ ।’

पछिल्लो समय आफ्ना साना बालबालिकाहरूलाई जानी नजानी मोबाइल दिए पुग्ने सोच हाबी भई रहेका बेला सानै देखी नानी बाबुहरू लाई शब्द निर्माण गर्न सिकाउने, विभिन्न बौद्धिक खेल खेल्न लगाउने अभियानमै लागी परेका र  स्क्र्याबल यस बौद्धिक खेलबाट समग्र नेपाललाई विश्व सामु चिनाउनु पर्छ भनी लागेका अर्जुन पाण्डे अर्नभ र अर्चनाका बुवा हुन्  भने धनगढीमा सम्पन्न उक्त प्रतियोगिताका टेक्निकल हेडको भूमिकामा समेत रहेका थिए  । अर्नभ र अर्चनाले स्क्र्याबल खेल्न बुवाको एकदमै साथ पाएका छन् भने छोरा छोरीको उत्कृष्ट प्रदर्शन  प्रति अर्जुन खुसी मात्रै छैनन् उनलाई यस छेत्रमा लाग्न थप हौसला मिलेको बताउँछन्  

बेस्पा इन्टरनेश्नल (डब्ल्यु.ई.एस.पी.ए) स्ट्यान्डआर्डमा खेलाइएको प्रतियोगितामा नेपाल भरीका आठ जिल्ला (कञ्चनपुर, कैलाली, दाङ, रुपन्देही, नवलपरासी, चितवन, कास्की र हेटौडा) बाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेली सकेका ११ देख २६ वर्ष उमेर समूहका ६० जना प्रतियोगीहरू को सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार