कांग्रेसद्वारा देउवा-ओली सहमति अनुमोदन

oli deuba prachand
प्रकाशित : :

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले पार्टी सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ सत्ता गठबन्धन गर्ने सहमतिलाई बुधवार अनुमोदन गरेको छ।

सोमवार मध्यराति दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र संविधानको सुधारका प्रक्रिया अघि बढाउने प्रयास अघि बढाउने सहमति भएको थियो।

प्रतिनिधिसभा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो भने नेकपा एमाले दोस्रो ठूलो दल हो। बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुरुको चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने बताए।

उनले दोस्रो चरणमा निर्वाचनअघिको सरकार शेरबहादुर देउवाको नेतृत्वमा बन्ने जानकारी दिए। उनले भने, “सबैभन्दा ठूला दुई दलले सँगै सरकार बनाउने भनिसकेपछि स्वाभाविक रूपमा प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ। त्यो उपयुक्त हुन्छ।”

“अरू दलको समेत समर्थन घोषणा भइरहेको छ, नयाँ समीकरणलाई। हामीले उहाँलाई मार्ग प्रशस्त गर्न पनि अनुरोध गरेका छौँ।”

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट