जिन्स लगाउने सही तरिका, शरीरको आकार अनुसार यसरी लगाउनुहोस् !

जिन्स लगाउने सह तरिका, शरीरको आकार अनुसार यसरी लगाउनुहोस् !

एजेन्सी । अहिलेको समयमा जिन्स आम पहिरन बनिसकेको छ । हरेक उमेरका मानिसले जिन्स लगाउन मन पराउँछन् ।

यसलाई पनि आफ्नो शरीरको आकारअनुसार छानेर लगाइयो भने शरीरमा अझै सुन्दर देखिन सक्छ । कस्तो शरीरमा कस्तो जिन्स सुहाउँछ भन्नेबारे जानौं ।

सबैभन्दा पहिला यो जान्नुर्छ कि तपाईंको बडी शेप के हो, जस्तै- एप्पल, पियर, बनाना, आवरग्लास, राउन्ड, डायमन्ड आदि । यसो गर्नाले तपाईंलाई जिन्स छान्न सजिलो हुनेछ ।

एप्पल र इनवर्टेड ट्रायंगल शेप

यो खालको बनावटमा शरीरको मध्य भाग र छातीको भाग ठूलो हुन्छ जबकी हिप्स सामान्य रहन्छ । यस्तो शरीर भएकाले फ्लेयर्ड जिन्स लगाउनु राम्रो हुन्छ, जसको खुट्टाको भाग ठूलो हुन्छ । यसले तपाईंको शरीरलाई सन्तुलित लुक्स दिन्छ । खुकुलो कार्गो जिन्स पनि लगाउन सकिन्छ ।

पियर शेप वा ट्रायंगल शेप

यो शरीरको बनावटमा खुट्टा र हिपको भागमा धेरै बोसो हुन्छ । यो शरीर भएकाले स्ट्रट जिन्स वा फ्लेयर्ड जिन्स लगाउनु उपयुक्त हुन्छ। यसले शरीरको तल्लो भाग धेरै मोटो देखिँदैन ।

रेक्टेंगल वा बनाना शेप

यो शरीरको बनावटमा कमरमा प्राकृतिक पातलोपन कम हुन्छ । यस्तोमा उनीहरूको शरीरको माथिल्लो भाग र हिप्सको चौडाई बराबर हुन्छ । यस्तो बनावट भएकाले ब्यागी जिन्स लगाउन सक्छन् । जो एकदमै खुकुलोका साथै आरामदायी हुन्छ ।

आवरग्लास शेप

आवरग्लास शेप भएको शरीर हरेक महिलाको चाहना हुन्छ । यसमा कम्मर एकदमै पातलो हुन्छ जबकी छाती र हिप्सको भाग भने ठूलो हुन्छ । यस्तो बनावट भएका युवतीलाई हरेक प्रकारको जिन्स फिट हुन्छ । तर, स्किनी अर्थात् टाइट जिन्स एकदमै सुहाउँछ । जिन्सको साइज गलत भयो भने नराम्रो देखिन सक्छ ।

पातलो शेप

जसको शरीर माथिदेखि तलसम्म एकदमै पातलो र सिधा हुन्छ । यिनीहरूको खुट्टा लामो र पातलो हुन्छ । यस्तो बनावट भएकाका लागि बुट कट जिन्स वा स्किनी जिन्स लगाउँदा राम्रो देखिन्छ ।

डायमन्ड शेप

यस्तो प्रकारको शरीरको बनावटमा कमरभन्दा माथिल्लो भाग एकदमै मोटो हुन्छ । जबकि खुट्टा पातला हुन्छन् । यस्तो शरीर भएकाले बुटकट जिन्स, फ्लेयर्ड लेग जिन्स वा वाइड लेग जिन्स लगाएर आफ्नो शारीरिक बनावटलाई सन्तुलित देखाउन सक्छन् ।

राउन्ड शेप

राउन्ड शेप अर्थात् मोटो शरीर भएकाले लुज फिट जिन्स लगाउनु उपयुक्त हुन्छ । यसले शरीरको बोसोलाई केही हदसम्म लुकाउँछ । त्यस्तै गाढा रंगको कपडा लगाउँदा बोसो कम देखिन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार