अनुहारमा अनावश्यक रौँ आउँदै छन् ? हटाउन फिटकीरीको प्रयोग गर्न सकिन्छ 

अनुहारमा अनावश्यक रौँ आउँदै छन् ? हटाउन फिटकीरीको प्रयोग गर्न सकिन्छ 

एजेन्सी । अनुहारमा आउने अनावश्यक रौंले युवतीहरुलाई एकदमै दुःख दिने गर्छ । यस्ता रौंबाट छुट्कारा पाउन फिटकिरीको प्रयोग गर्न सकिन्छ ।

धेरै पैसा नलाग्ने फिटकिरीले तपाईंको अनुहारको समस्या समाधान हुन सक्छ । फिटकिरी कसरी प्रयोग गर्दा अनावश्यक रौं हट्छन् भन्नेबारे केही टिप्स जानौं–

फिटकिरी र गुलाफ जल

फिटकिरी र गुलाफ जलको प्रयोगले अनुहारका रौंबाट छुट्कारा पाउन सकिन्छ । यसले विस्तारै यस्ता रौं कम हुन थाल्छन् ।

आवश्यक सामग्री

फिटकिरी पाउडर दुई चम्चा, गुलाफ जल चार चम्चा, कागतीको रस चार थोपा, बेसार एक चिम्टी

प्रयोग विधि :

  • सबैभन्दा पहिला फिटकिरी पिसेर त्यसको पाउडर बनाउनुहोस् । अब यसमा गुलाफ जल, कागतीको रस र बेसार मिसाउनुहोस् ।
  • सबैभन्दा पहिला अनुहारलाई राम्रोसँग सफा गर्नुहोस्, यसका लागि फेस वास पनि प्रयोग गर्न सक्नुहुन्छ । अब उक्त पेस्टलाई सुख्खा अनुहारमा लगाउनुहोस् ।
  • जब अनुहार सुक्न थाल्छ, यसलाई गोलाकारमा मालिस गर्नुहोस् । यसले लगाएको सबै पेस्ट निस्कन थाल्नेछ । त्यसपछि अनुहारलाई पानीले सफा गर्नुहोस् । यसले रौंहरु कम हुँदै जानेछन् ।
  • फिटकिरीको यस्तो प्याकको प्रयोग हप्तामा दुईपटक गर्न सक्नुहुन्छ । यसो गर्नाले अनुहारमा आउने अनावश्यक रौंको विकास पनि कम हुन्छ ।
  • यो प्याक अनुहारबाट हटाइसकेपछि मोइस्चराइजर लगाउन नबिर्सनुहोला । यसले छाला सुख्खा बनाउन सक्छ, त्यसैले मोइस्चराइजरको आवश्यकता पर्दछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार