रवि सभापति रहेको रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, मुकुल ढकालको के होला ?

रवि सभापति रहेको रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, मुकुल ढकालको के होला ?

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ । बैठकमा आज अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ ।

साथै पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही गर्ने वा निलम्बन हटाउने भन्नेबारे छलफल हुने बताइएको छ । 

यसअघि असार १९ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको लगायतका आरोप लगाउँदै ढकाललाई महामन्त्री पदबाट १ साताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सहप्रवक्ता मनीष झालगायत महामन्त्री ढकाललाई कारबाही गर्न एकमत भएपछि ढकाल कारबाहीमा परेका हुन् ।

ढकालले केही दिनअघि सभापति लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए । जसमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचनासमेत गरिएको थियो ।

प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेकोलगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले महामन्त्री पदबाट निलम्बन गरेको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार