सत्ताच्युत पछी प्रचण्ड खुमलटार फर्किए

सत्ताच्युत पछी प्रचण्ड खुमलटार फर्किए

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड  प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै  प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् । उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिकहाँ भेटेपछि बालुवाटार छाडेका हुन् ।

बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमलटारमा सरेका छन् । यसअघि प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका थिए ।

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । तर, प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो भने उनको विपक्षमा १९४ मत पर्‍यो । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार