प्रचण्डलाई बाबुराम भट्टराईको सुझाव – विषयान्तर नगर्नू, आत्मसमीक्षा गर्नू

प्रचण्डमाथि बाबुरामको फेरी कडै प्रहार !
प्रकाशित : :

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आत्समीक्षा गर्न माओवादीलाई सुझाव दिएका छन् ।

उनले प्रचण्डको सत्ता बहिर्गनपछि माओवादीले कुनै अदृश्य षड्यन्त्रको सिद्धान्त आविष्कार गरी सत्यथत्यलाई विषयान्तर गर्न सक्ने आशंका गर्दै त्यस्तो गर्नुभन्दा आत्मसमीक्षा गुर्नपर्ने बताएका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,

‘प्रचण्डको तेस्रोपटकको लज्जास्पद सत्ता बहिर्गमनपछि माओवादी साथीहरूले कुनै अदृश्य षड्यन्त्रको सिद्धान्त आविष्कार गरेर सत्यतथ्यलाई विषयान्तर गर्नु र आत्मरति लिनु सट्टा गम्भीर आत्मसमीक्षा गर्नु उपयुक्त होला । स्मरण रहोस्,लेनिन र माओ भन्ने गर्दथे- तथ्यबाट सत्य खोज्नु मार्क्सवादको गुदी कुरा हो ।’

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट