ओलीलाई प्रधानमन्त्री बनाउने गरी कांग्रेस-एमालेले नयाँ सरकारको दावी पेश गर्दै

ओलीलाई प्रधानमन्त्री बनाउने गरी कांग्रेस-एमालेले आजै नयाँ सरकारको दावी पेश गर्दै

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी कांग्रेस-एमालेले आजै नयाँ सरकारको दावी पेश गर्दै छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न आह्वान गरेपछि कांग्रेस-एमालेले सांसदहरूको हस्ताक्षरसहित एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्नेगरी दावी पेश गर्न लागेका हुन्। 

आजै राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार आइतवारसम्मको समय दिएर दावी पेस गर्न आह्वान गरेका थिए। 

सोही अनुसार आज ९ : १५ बजे दावी पेश गर्न जाने एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए। आजै प्रधानमन्त्री प्रचण्डले संसद्‌मा विश्वासको मत गुमाएका थिए। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार