सडकमा छाडीएका चौपाया बने भीम बहादुर पुनको मृत्युको कारण

सडकमा छाडीएका चौपाया बने भीम बहादुर पुनको मृत्युको कारण
प्रकाशित : :

धनगढी : कैलालीको गोदावरी नगरपालिका – ५ गेटामा छाडा चौपाया सँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।शुक्रवार राती ६ लेन सडक अन्तरगत अत्तरिया बाट धनगढी तर्फ जाँदै गरेको मोटरसाइकल छाडा गोरु सँग ठोक्किँदा चालक  धनगढी उपमहानगरपालिका – ४ उत्तरबेहडीका ३५ वर्षीय भीम बहादुर पुनको मृत्यु भएको हो ।

सुपप्र ०१–००८ प ३३३७ नम्बरको मोटरसाइकल छाडा गोरु सँग ठोक्किन गम्भीर घाइते भएका पुनको माया मेट्रो अस्पताल धनगढी उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

दुर्घटनामा छाडा गोरुको पनि घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी एक चिर परिचित कुशल शिक्षक थिए । 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट