सुदूरपश्चिममा पनि नेकपा एस लाई सरकारबाट बढार्न काग्रेंस, एमाले र नाउपा एक साथ

सुदूरपश्चिममा पनि नेकपा एस लाई सरकारबाट बढार्न काग्रेंस, एमाले र नाउपा एक साथ

धनगढी : केन्द्रमा बनेको नयाँ गठबन्धन सगैं सुदुरपश्चिम प्रदेशको काग्रेंस, एमाले र नागरिक उन्मुक्ती पार्टीले नयाँ सरकार गठनका लागी सहयोग गर्न मुख्यमन्त्री दीर्घ सोडारीलाई आग्रह गरेका छन् ।

नयाँ गठबन्धनमा रहेका नेपाली काग्रेंस, नेकपा एमाले र नागरिक उन्मुक्ती पार्टीले मुख्यमन्त्री सोडारीलाई सरकार छोड्न आग्रह गरेका हुन् । सोडारीलाई राजीनामा दिएर नयाँ सरकार गठनको प्रकृयामा सजीकरण गर्न उनिहरुले आग्रह गरेका छन ।

शनिबार संसद सचिवालयमा नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री सोडारीलाई सरकार गठनका लागि सहजीकरण गर्न आग्रह गरेका हुन । ‘नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसकेका छन ।

उनले विश्वासको मत लिन खोजेपनि पाउने अवस्था छैन । बजेट माथिको छलफल हुन सकेको छैन । अल्मतमको सरकारले केही ठुला निर्णयहरु पनि गर्न सक्दैन, त्यसैले उहाँलाई राजीनामा दिएर सरकार गठनको बाटो सहज पार्न आग्रह गर्दछौं’ नेपाली काँग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमल बहादर शाहले भने ।

पहिलाको जस्तो परिस्थिती अहिले छैन शाहले भने “राजेन्द्र रावल र म मुख्यमन्त्री हुँदा बिश्वासको मत पाउने सम्भावना कायमै रहेका कारण अन्तिम सम्म कुरेका हौँ तर, अहिलेका मुख्यमन्त्री अल्पमतमा परेको प्रस्ट भइसकेको छ, गठबन्धनको ठुलो दल एमालेलेनै समर्थन फिर्ता लिइसकेको छ, सोडारीसंग १६ मत मात्रै कायम देखिन्छ अनी पदमा बसिरहन उपर्युक्त देखिदैन, त्यस कारण मुख्यमन्त्रीले राजिनामा दिनुपर्छ ।”

संसदिय दलका नेता शाहले यो सरकारले ल्याएको बजेट जस्ताको त्यस्तै पास नहुने बताए । तपाइहरु सबैले थाहा पाउनुभाछ बजेटको पिडिएफ बिचौलियाबाट बाहिरिएको उनले भने “बजेट ठिक छैन भन्ने प्रस्ट भएको छ, यो बजेट मुख्यमन्त्री सोडारीकै इन्टेस्टमा आएको छ, आर्थिक मामिला मन्त्री दुई दिन अघी मात्रै मन्त्रालय सम्हाल्न पुगेका थिए, त्यस कारण बजेट आउनु र पिडिएफ बाहिरिनुमा तत्कालिन मन्त्री शुरेन्द्र पाल दोशी छैनन्, यसको जिम्मेपारी मुख्यमन्त्रीलेनै लिनुपर्छ ।” कसैका ब्यक्तीगत बजेट परेको भए धेरै खुशी नहुन उनले आग्रह गरेका छन् । साथहिरु कसैको योजना परेका होलान ढुक्क हुनु यो बजेट यस्तै पास हुँदैन उनले भने “यो बजेटमा भएका राम्रा योजना समेट्छौँ, नराम्रा ससोंधन हुन्छन्, बिचौलियाका योजना रहन्नन्, पिडिएफ बाहिरिएको बिषय छानबिन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।”

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापाले तत्काल मुख्यमन्त्री सोडारीले सरकार छोड्नुको बिकल्प नरहेको बताइन् । हामी नयाँ गठबन्धन अनुसार बहुमत सदस्य एक मत छौँ उनले भनिन् “सोडारीले बिश्वासको मत पाउने सम्भावना छैन त्यस कारण उहाँले मार्ग प्रसस्त गर्नुपर्छ ।”

यस्तै नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरीलेपनि मुख्यमन्त्री सोडारीले कुर्सीमा बस्नु उचित नभएको बताए । जुन मुख्यमन्त्री सगं १६ मतपनि छैन उसले पदमा बसिरहनु कतिको उपर्युक्त हो आफै भन्नु उनले भने “नैतिकताका आधारमा मुख्यमन्त्रीले राजिनामा दिएर अर्को सरकार गठनका लागी सहयोग गर्नुपर्छ ।” सोडारीलाई दिएको समर्थन फिर्ता लिईसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँग सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । नयाँ गठबन्धन बनेपछि असार १ गते पेश भएको बजेटमाथिको छलफल हुन सकेको छैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार