स्वस्तिक हस्पिटलमा सम्पन्न वृहत् रक्तदान कार्यक्रममा ४० पिन्ट रगत सङ्कलन 

स्वस्तिक हस्पिटलमा सम्पन्न वृहत् रक्तदान कार्यक्रममा ४० पिन्ट रगत सङ्कलन 
प्रकाशित : :

धनगढी : धनगढी स्थित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलमा सम्पन्न वृहत् रक्तदान कार्यक्रममा ४० पिन्ट रग सङ्कलन भएको छ । शनिवार नेपाली भाषाका प्रथम कवि भानु भक्त आचार्यको जन्म जयन्तीको अवसरमा सम्पन्न उक्त मेघा ब्लड डोनेसन कार्यक्रममा ४० जनाले रक्तदान गरेका हुन् । 

स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल धनगढीमा सम्पन्न उक्त कार्यक्रमको आयोजना लायन्स क्लब अफ धनगढी सुकृती, लायन्स क्लब अफ धनगढी एभरेष्ट, लायन्स क्लब अफ धनगढी र लायन्स क्लब अफ धनगढी आस्थाको संयुक्त टिमले गरेको थियो । 

अहिले बर्खाको समयमा भइरहेको रगत अभावलाई मध्यनजर गर्दै रगत अभावकै कारण कसैले ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले मेघा ब्लड डोनेसन कार्यक्रम मार्फत रगत सङ्कलनको प्रयास गरिएको लायन्स क्लब अफ धनगढीकी अध्यक्ष स्मृति ढुङ्गाना तिवारीले बताइन् । 

आयोजकले रक्तदाताहरूलाई प्रमाण पत्र प्रदान गर्नुका साथै फलफूलको व्यवस्था गरेको थियो भने लायन्स क्लबहरूले यस अघि पनि धनगढीमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेका छन् । 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट