नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै

नेपालको नक्सा नोटमा समावेश गर्दा अरु देशले चिन्ता गर्नु पर्दैन : ओली

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेले ओलीलाई आज बिहान ११ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।

एमाले अध्यक्ष रहेका ओलीलाई राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम शनिबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेका सांसदहरुको समर्थनमा ओली प्रधानमन्त्री भएका हुन् । प्रधानमन्त्री ओलीले आजै कांग्रेस र एमालेका मन्त्रीहरु सामेल गरेर मन्त्रीपरिषद विस्तार गर्ने तयारी छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार