टीकापुर अस्पतालमा पहिलो पटक डाइलासिस सेवा सुरु

टीकापुर अस्पतालमा पहिलो पटक डाइलासिस सेवा सुरु

धनगढी : कैलालीको टीकापुर अस्पतालमा डाइलासिस सेवा सुरु भएको छ । आइतबार देखी मृगौला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि अस्पतालमा पहिलो पटक डाइलासिस सेवा सुरु भएको हो । 

हाल मिर्गौला सम्बन्धी उपचार गर्नका लागि हाल टीकापुर अस्पतालमा ३० जना बिरामीले नाम दर्ता गराएको अवस्थामा बिरामीहरूको उपचारको निम्ति पाँच वटा हेमो डाइलासिस ५ बेड, एउटा आरो प्लान्ट लगायत सुविधा सम्पन्न सङ्क्रमणरहित कक्षबाट सेवा सुरु गरिएको छ ।  

टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीका अनुसार पहिलो दिन एक जना बिरामीको डाइलासिस गरिएको छ ।

टीकापुर अस्पतालमा डाइलासिस सेवा सुरु भए सँगै टीकापुर बासिहरूँ लाई मृगौलाको उपचर गराउन सहज हुनुका साथै बाहिर जानुपर्ने बाध्यता क्रमिक रूपमा सुधार हुने विश्वास लिइएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार