दिपायल सिलगढी नगरपालिकामा प्लास्टिक झोला बन्द हुन्छन् : नगर प्रमुख खड्का

दिपायल सिलगढी नगरपालिकामा प्लास्टिक झोला बन्द हुन्छन् : नगर प्रमुख खड्का

डोटी : दिपायल सिलगढी नगरपालिकामा शैलेश्वरी फेब्रिक ब्याग उद्योग सञ्चालनमा आएको छ । जिल्लाको सदरमुकाम सिलगढीमा रहेको उद्योगको उद्घाटन गर्दै नगर प्रमुख बाजी सिंह खड्का (विजय)ले बताएका छन् ।

उनले भने, ‘ प्लास्टिक झोलाले बजार लगायत समाज प्रदूषण गर्ने भएकाले हामीले यो झोला बन्द गर्नु पर्ने आवश्यक रहेको छ । यसको साटोमा हामी हाम्रो नगर भित्र फेब्रिक ब्यागको प्रयोग गर्नु पर्ने हुन्छ ।’

जिल्ला सदरमुकाम सिलगढीमा संचलानमा आएको उद्योगले १ लाख झोला उत्पादन गरे पछि हाम्रो पालिकालाई प्लास्टिक मुक्त हुने नगर प्रमुख खड्काले बताए ।

शैलेश्वरी महिला लघु उद्यमी महिला समूहले सञ्चालनमा ल्याएको उद्योगले नगरपालिकालाई प्रत्यक्ष सहयोग पुग्ने उद्योगकी अध्यक्ष ममता गुरुङले बताइन । उनले भनिन्, ‘हामी बेरोजगार बसेका थियो हामीहरूलाई यस नगरपालिकाले सिप सिकाएर हामीले यो उघोग सञ्चालनमा ल्याएका हौँ यसका लागी हामी मेयर बाजी सिंह खड्का लगायत नगरपालिकालाई धन्यवाद दिन चाहन्छौ ।’

उक्त महिला समूहलाई नगरपालिकाले १५ दिने तालिम समेत दिएको र उद्योग सञ्चालनका लागी चाहिने मेसिन समेत नगरपालिकाले उहाँहरूलाई सहयोग गरेको नगर प्रमुख खड्काले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार