एस.पी.ए का विद्यार्थीले मनाए गुरु पूर्णिमा, वक्तृत्वकलामा यशोदा जोशी प्रथम

एस.पी.ए का विद्यार्थीले मनाए गुरु पूर्णिमा, वक्तृत्वकलामा यशोदा जोशी प्रथम

धनगढी, साउन ६ : धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमी एसपीए कलेजमा गुरु पूर्णिमा मनाइएको छ । आइतबार सुदूर पश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषद्को आयोजनामा उक्त कार्यक्रम मनाइएको हो ।

गुरु पूर्णिमाको अवसर पारी गुरुहरूको सम्मानमा आयोजना गरिएको गुरु पूजन तथा वक्तृत्वकला कार्यक्रममा कलेजमा अध्यापन गराई राख्नु भएका शिक्षकहरू लाई डायरी, डटपेन र पुष्प गुच्छा प्रदान गरी मिठाई खुवाउँदै सम्मान भाव प्रकट गरिएको र वक्तृत्वकला कार्यक्रम समेत सञ्चालन गरिएको सुदूर पश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषद् का अध्यक्ष कृष्ण पुजाराले बताए ।

यस्तै सो अवसरमा सम्पूर्ण प्राध्यापक, शिक्षकहरूको प्रतिनिधित्व गर्दै एसपीए कलेजका बि.ए., बि.एड. तथा एम.एड संकायका विभागीय प्रमुख उपप्रा.डा देवेन्द्र प्रसाद भट्ट दीप्तले विद्यार्थीहरूको सम्मान भावले निकै नै हर्षित तुल्याएको बताउँदै यो अवसरका लागि धन्यवाद ज्ञापन गरेका छन् ।

सोही अवसरमा आयोजित वक्तृत्वकला कार्यक्रममा बि.बि.एस पहिलो वर्षमा अध्ययनरत दमयन्ती धामी, दीपिका बोगटी, यशोदा जोशी, कक्षा १२ मा अध्ययनरत आशिका पोख्रेल र हिमानी चन्द गरी पाँच जनाले भाग लिएका थिए । भने यशोदा जोशीले पहिलो, आशिका पोख्रेल दोस्रो, दमयन्ती धामी तेस्रो र दीपिका बोगटी सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

वक्तृत्वकला कार्यक्रममा निर्णायकको भूमिकामा एसपीए कलेजमै कार्यरत उप-प्राध्यापकहरू ऐन जप्रेल, टंक जोशी र रमेश जोशी रहेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार