काठमाडौँको बौद्धमा अन्नपूर्ण मल्टीस्पेसियालिटी डेन्टल सेन्टर सञ्चालनमा

काठमाडौँको बौद्धमा अन्नपूर्ण मल्टीस्पेसियालिटी डेन्टल सेन्टर सञ्चालनमा

काठमाडौँ : काठमाडौँको बौद्धमा अन्नपूर्ण मल्टीस्पेसियालिटी डेन्टल सेन्टर सञ्चालनमा आएको छ । आइतबार एक कार्यक्रम बिच सांसद  ज्ञानेन्द्र शाहीले रिबन काटेर डेण्टल उद्घाटन गरेका हुन् ।  

उद्घाटनमा बोल्दै सांसद ज्ञानेन्द्र शाहीले युवाहरूले देशमै यसरी आफ्नै व्यवसाय गरेकोमा खुसी व्यक्त गर्दै सदैव युवाको साथमा रहने प्रतिबद्धता व्यक्त गरे । 

लामो समय देखि दन्त चिकित्सा क्षेत्रमा संलग्न डेण्टल थेरापिस्ट सागर जोशी, जितु लामा, नीरज बस्नेतको टिमले डेन्टल  सञ्चालनमा ल्याएका हुन् । 

दाँत मुख सँग सम्बन्धित सम्पूर्ण सेवा दिने उद्देश्यका साथ सञ्चालनमा आएको मल्टी स्पेसियलिटी  सेन्टरमा आफ्नै अत्याधुनिक प्रविधिको डिजिटल ल्याब पनि रहेको छ । 

करिब २.५ करोडको लगानीमा सुरु भएको यस डेन्टलले सेवा सुरु गरेको अवसर पारेर एक महिनासम्म निःशुल्क चेकजाँचको र फ्री दाँत सफाको व्यवस्था गरेको छ भने आफ्ना हरेक सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। 

डेण्टलले दाँत सफा गर्ने, दाँत भर्ने, दाँत राख्ने,दाँत मिलाउने दाँत प्रत्यारोपण गर्ने , देखि अन्य सम्पूर्ण सेवाहरू दिने छ । 

डेण्टलमा अत्याधुनिक डेन्टल चियर,  डिजिटल ल्याब, स्टेरिलिसेसन मेसिन, एक्स-रे मेसिन लगायतका अत्याधुनिक उपकरण तथा सामग्री राखेर सेवा दिन थालिएको सञ्चालकले जनाएका छन्।

यसका साथै अन्नपूर्ण डेण्टलका अन्य सिस्टर सेन्टरहरू बाट पनि सेवा लिन सकिने छ । जुन वानेश्वर मा चिरायु डेन्टकेयर एसोसियट, अनामनगरमा गोल्डेन डेन्टल, सोह्र खुट्टे र बालाजुमा पिपल डेन्टलका नामले सञ्चालन छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार