प्रशिक्षकलाई सम्मान गर्दै धनगढी ग्रास रुट क्रिकेट विकास कार्यक्रम अन्तरगत अभ्यासरत खेलाडीहरूले मनाए गुरु पूर्णिमा

प्रशिक्षकलाई सम्मान गर्दै धनगढी ग्रास रुट क्रिकेट विकास कार्यक्रम अन्तरगत अभ्यासरत खेलाडीहरूले मनाए गुरु पूर्णिमा

धनगढी : धनगढी उप–महानगरपालिकाको सहकार्यमा गो ड्रिमर्सद्वारा सञ्चालित ‘धनगढी ग्रास रुट क्रिकेट विकास कार्यक्रम’ अन्तरगत अभ्यास गरिरहेका खेलाडीहरूले गुरु पूर्णिमा मनाएका छन् । आइतबार ग्रास रुट क्रिकेट विकास कार्यक्रम अन्तरगत धनगढी वडा नं. १२ स्थित सिद्धनाथ मा.वि. जुगेडामा अभ्यासरत खेलाडीहरूले गुरु पूर्णिमा मनाएका हुन् । 

खेलाडीहरूले आफ्ना क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र क्षेत्रीलाई सरप्राईज रूपमा केट काट्न लगाई पुष्प र अबिर लगाउँदै  सम्मान भाव व्यक्त गरेका छन् । क्षेत्रीले उनीहरूलाई विगत ५ महिना देखी लगातार क्रिकेट खेल प्रशिक्षण गराउँदै आई रहेका छन् । 

क्षेत्रीले भने, ‘म निकै नै सरप्राईज भए आज खेलाडी नानी बाबुहरूले सदा झैँ प्रशिक्षणका लागि पुग्दा केक फुल माला, अबिर सहित सम्मान भाव प्रकट गरे माया र विश्वास दर्साए । यो क्षण निकै नै अविस्मरणीय रह्यो । सबैलाई सफल खेलाडी बनुन् भनी शुभकामना व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु ।’ 

धनगढी उप–महानगरपालिकाको सहकार्यमा गो ड्रिमर्सद्वारा सञ्चालित ‘धनगढी ग्रास रुट क्रिकेट विकास कार्यक्रम’ धनगढी १८ फूलबारी र धनगढी १२ जुगेडामा २०८० माघ देखी निरन्तर सञ्चालनमा रहेको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार