कतै मुहार बाट मुस्कान त हराउँदै छैन ? यस कारण दिल खोलेर हाँस्नु जरुरी छ ?

कतै मुहार बाट मुस्कान त हराउँदै छैन ? यस कारण दिल खोलेर हाँस्नु जरुरी छ ?

तनावले तन र मनलाई पिरोल्ने गर्छ । सबैको उही सुझाव हुन्छ- ‘तनावबाट मुक्त रहनुपर्छ ।’ तर के मान्छे वास्तवमै तनावरहित रहन सक्छ ? एक अमेरिकी वैज्ञानिकका अनुसार मस्तिष्कमा दबाइने हरेक आवेगले मांसपेशी र छालामा दबाब सिर्जना गर्छ ।

जबसम्म यो कुनै कार्य मार्फत जारी हुँदैन, मांसपेशीहरूमा तनाव रहन्छ । यो तनावले थकान र डिप्रेसन निम्त्याउँछ, जसले बिस्तारै गम्भीर रोगको रूप लिन्छ । त्यसैले तनावलाई व्यवस्थापन गर्नु जरुरी हुन्छ ।

  • दिल खोलेर हाँस्ने

हाँसो प्रकृतिको अनुपम उपहार हो । दिल खोलेर हाँस्दा यसले धेरै रोगका लागि औषधिको काम समेत गर्छ । त्यसैले बिहानको सुरुवात मुस्कुराएर गर्नुपर्छ । यसो गर्नाले दिन खुसीसाथ बित्नेछ । जब हामी दिल खोलेर हाँस्छौं, शरीरका भित्री अंगहरुको व्यायाम हुन्छ । रक्तप्रवाह राम्ररी हुन्छ । प्रसिद्ध डा. ली बर्कका अनुसार हाँसो शरीरलाई निको पार्ने प्राकृतिक र स्वीकृत तरिका हो ।

  • हाँसोको फाइदा

हाँसोले मानव प्रणालीलाई सक्रिय बनाउँछ । यसले प्राकृतिक कोषिकाहरुलाई बढाउँछ, जसले भाइरस र ट्युमर कोषिकाहरुबाट हुने रोगहरूलाई नष्ट गर्छ । हाँसो मुटुका लागि उत्तम व्यायाम हो । यसले टी सेलहरूको संख्या बढाउँछ । एन्टिबडी इम्युनोग्लोबुलिन–ए को मात्रा बढाउँछ । यसले श्वासप्रश्वासमा हुने संक्रमणलाई रोक्छ । हाँस्दा तनाव पैदा गर्ने हर्मोनको स्तर कम हुन्छ । खुलेर हाँस्नु अनुहार र घाँटीको मांसपेशीको लागि पनि व्यायाम हो ।

  • क्याफिनको सेवन कम गर्ने

सामान्यतया मानिसहरू तनाव कम गर्न चिया, कफी, चकलेट वा सफ्ट ड्रिंक आदिको सेवन गर्छन् । यसमा लागूपदार्थ जस्तै छिटो असर गर्ने तत्त्वहरू हुन्छन् । यी तत्त्वहरूले शरीरको रोगप्रतिरोधात्मक क्षमता घटाउँछन् र तनाव उत्पन्न गर्छन् । भनाइ छ, विषले विषलाई मार्छ । क्याफिनले यो सिद्धान्तमा काम गरेर तनाव कम गर्छ । यसले शरीरमा केही विषाक्त तत्त्वहरू उत्पादन गर्छ, जसले फ्री रेडिकल उत्पादन गर्छ । यसले मस्तिष्कमा फाइबरको संवेदनशीलता कम गर्छ । जसले गर्दा तनाव कम भएको भ्रम हुन्छ र व्यक्ति दिनप्रतिदिन यसको मात्रा बढाउन बाध्य हुन्छ ।

क्याफिनरहित दिन बिताएर यसबाट हुने तनावबाट मुक्त हुन सकिन्छ । क्याफिनको सेवन नगर्दा उत्साह, ऊर्जा, राम्रो निद्रा र लचिलो मांसपेशी पाउन सकिन्छ । तर यदि अचानक क्याफिन छोडियो भने माइग्रेनको पीडा हुनसक्छ । तसर्थ, क्याफिनबाट छुट्कारा पाउने सबैभन्दा सजिलो उपाय भनेको आफ्नो दैनिक दिनचर्याबाट क्याफिनको मात्रा कम गर्दै जानुपर्छ ।

  • दैनिक हिंडडुल गर्ने

हिंड्नु एकदमै राम्रो व्यायाम हो । खाना खानुअघि छिटो हिंड्दा आन्द्राको गति बढ्छ, जसले पाचन शक्ति बढाउँछ । खाना खाएपछि हिंड्दा कब्जियतको समस्याबाट छुटकारा मिल्छ । हिंड्दा गहिरो सास लिंदा फोक्सोको क्षमता बढ्छ र रक्तप्रवाह पनि नियन्त्रण हुन्छ । खाली खुट्टा हिंड्दा एक्युप्रेसर जस्ता फाइदा प्राप्त हुन्छन् ।

तनाव एड्रेनल हर्मोनको तीव्र आक्रमणको कारणले हुन्छ । यसले मुटुको धड्कन र रक्तचाप बढाउँछ । ध्यानले एड्रेनल हर्मोनको गतिविधिलाई नियन्त्रण गरेर तनाव कम गर्छ । व्यायाम र ध्यान दिनचर्यामा समावेश गरेर दिमागलाई शान्त बनाउन सकिन्छ । यसबाट तनाव पनि कम हुन्छ ।

  • निद्रा महत्त्वपूर्ण छ

तनाव कम गर्ने सबैभन्दा सजिलो उपाय सुत्नु र निदाउनु हो । आठ घण्टाको निद्राले फेरि काम गर्ने ऊर्जा दिन्छ । तसर्थ, काममा व्यस्त समयबीच एक छोटो ब्रेक लिनुपर्छ । दैनिक पर्याप्त मात्रामा सुत्नु पनि पर्छ  । जसले गर्दा दिमाग ताजा होस् र फेरि काम गर्न तयार होस् । किताब पढ्ने, पौडी खेल्ने, संगीत सुन्ने, पेन्टिङ गर्ने, सवारी चलाउने जस्ता मनपर्ने सौखहरुमा केही समय दिएर तनावबाट टाढा रहन सकिन्छ । –एजेन्सीको सहयोगमा

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार