एस.पी.ए कलेजमा सम्पन्न रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत सङ्कलन

एस.पी.ए कलेजमा सम्पन्न रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत सङ्कलन

धनगढी : सुदूर पश्चिमाञ्चल एकेडेमी एस.पी.ए कलेज धनगढीमा सम्पन्न रक्तदान कार्यक्रममा ३५ जनाले गरे रक्तदान गरेका छन् ।  पछिल्लो समय रगत चाहिने बिरामीलाई उपचारका लागि रगत पाउनै मुस्किल भइरहेको जानकारी पाएपछि धनगढी जेसिजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत एस.पी.ए कलेजको संयोजनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । 

एसपीए कलेज परिसरमा आयोजित रक्तदान कार्यक्रममा एसपीए कलेजका प्राचार्य योगराज उपाध्याय, कलेजमा अध्ययनरत विद्यार्थी, जेसिज सदस्य गरी ३५ जनाले रक्तदान गरेको धनगढी जेसिजका रक्तदान कार्यक्रम संयोजन चन्द्रकान्त पनेरुले जानकारी दिए । 

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको उक्त रक्तदान कार्यक्रममा ४ जना महिला र ३१ जना पुरुष गरी ३५ जनाले रक्तदान गरेको र रक्तदाताहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको जेसिज सप्ताहका संयोजक तर्कराज भट्टले बताए । 

सो अवसरमा बोल्दै कलेजका प्राचार्य योगराज उपाध्यायले एसपीए कलेज सधैँ समाजमा सकारात्मक कार्यहरू गर्न अग्रसर रहेको तथा रक्तदान गर्न र पुण्य कार्यका लागि संयोजन गर्न पाउँदा निकै नै खुसी लागेको बताउँदै समाजको भलाइको लागि गरिने कार्यहरूमा एस.पी.ए गर्न सक्ने सहयोगका लागि तयार रहेको समेत बताए । 

रक्तदान कार्यक्रममा धनगढी जेसिजका अध्यक्ष अरुण सिंह, एसपीए कलेजका प्रधानाध्यापक योगराज उपाध्याय, सुदूरपश्चिमका सर्वाधिक रक्तदाता दीपक उपाध्याय, धनगढी जेसिजका निवर्तमान अध्यक्ष मोहन ओझा लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार