लागूपदार्थ नियन्त्रणमा विद्यार्थीको भूमिका वक्तृत्वकलामा तृप्ति सिंह प्रथम

लागूपदार्थ नियन्त्रणमा विद्यार्थीको भूमिका वक्तृत्वकलामा तृप्ति सिंह प्रथम

धनगढी : सुदूर पश्चिमाञ्चल एकेडेमी एस.पी.ए कलेजद्वारा आयोजित लागूपदार्थ नियन्त्रणमा विद्यार्थीको भूमिका वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । मङ्गलवार सम्पन्न उक्त प्रतियोगितामा धनगढीका पाँच विद्यालयबाट दुई/दुई जना गरी जम्मा १० जनाको सहभागिता रहेको थियो । 

वर्तमान समयमा लागूपदार्थको कारणले थुप्रै युवा-युवतीहरू को भविष्य अन्धकार भइरहेको र समाजमा समेत नराम्रो असर परिरहेको परिपेक्षमा लागु पदार्थ सम्बन्धी विद्यार्थीहरूमा चेतना जगाउने उद्देश्यले लागूपदार्थ नियन्त्रणमा विद्यार्थीको भूमिका शीर्षकमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक इन्द्रमणि अवस्थीले बताए । 

सहभागी तथा विजेता सबैलाई धन्यवाद तथा बधाई ज्ञापन गर्दै कार्यक्रम संयोजक अवस्थीले भने, ‘हामीले यो समाजलाई लागु पदार्थबाट बचाउनको लागी राजनीतिज्ञ, समाजसेवी, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, विद्यार्थी तथा अभिभावकहरू सँग मिलेर लागूपदार्थ विरुद्ध साझा अभियान सञ्चालन गर्न जरुरी ठानेर यो प्रयासको पाइला चालेका हौँ ।’

प्रतियोगितामा डिस्कोभरि इङ्लिस बोर्डिङ स्कुलबाट प्राप्ति बस्नेत र अनुप राज गिरी, ऐश्वर्य विद्या निकेतनबाट निर्मल जोशी र एलिजा ढुङ्गाना, एक्सीस विद्या आश्रमबाट मधु शर्मा र ललित नाथ, राईजिङ इङ्लिस बोर्डिङ स्कुलबाट आयुश्मा जोशी र तृप्ति सिंह  तथा धनगढी माविबाट सुरक्षा जोशी र  हिमाल बडू गरी पाँच वटा विद्यालयबाट दश जना प्रतिस्पर्धीहरू सहभागी थिए । 

उनीहरू मध्ये क्रमशः तृप्ति सिंह प्रथम (राईजिङ स्टार), अनुप राज गरी दोस्रो (डिस्कोभरि) र मधु शर्मा (एक्सीस) की छात्रा तृतीय हुन सफल भएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख, विद्यार्थी, प्राध्यापक, क्याम्पस प्रमुख लगायतका सरोकारवालाहरू उपस्थित उक्त वक्तृत्वकला कार्यक्रममा वडा प्रहरी कार्यालय कैलालीका इन्चार्ज प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले सहभागी तथा सम्पूर्ण उपस्थित दर्शक दीर्घामा रहेका व्यक्तित्वहरूमाझ लागुऔषधको प्रभाव यसको रोकथाम तथा नियन्त्रणमा विद्यार्थी, अभिभावक एवं सरोकारवालाहरू को भूमिका के कस्तो हुनु पर्छ भनी प्रकाश पारेका थिए । भने कार्यक्रमको निर्णायकमा कलेजका सह-प्राध्यापक त्रये सुशीला शाही, टङ्क जोशी र बलराम भट्ट रहेका थिए । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार