धनगढी : धनगढीको एस.पी.ए कलेजमा एस.पी.ए फुड फियस्टा २०८१ मनाइएको छ । आज साउन १५ खिर खाने दिनको अवसरमा कलेजमा कक्षा १२ एच.एम. सङ्कायमा अध्ययनरत विद्यार्थीहरूले उक्त कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रममा विद्याथार्थीहरुले सांस्कृतिक पहिरन, सुदूरपश्चिमका स्थानीय खानाका परिकारहरू, खिर, बटुक, ढीक्री, हलुवा, आलु तामाको झोल, अचार, सेल, पुरी लगायतका विभिन्न जातीय भेसभुसा र खानपिनलाई समेट्ने गरी परीकारहरू बनाएर स्टल मार्फत विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका तथा कलेजका कर्मचारीहरू लाई सुपथ मूल्य राखी स्वाद चखाएर आफ्नो कला कौसल प्रस्तुत गरेका थिए ।
सँग सँगै विभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा खेलकुद गतिविधिका लागि पनि दुई स्टलमार्फत खेल खेलाइएको थियो ।
एस.पी.ए कलेज कक्षा १२ होटेल व्यवस्थापन सङ्कायमा अध्ययनरत छात्र रोहित रावलको सभापतित्वमा सम्पन्न एस.पी.ए फुड फियस्टा २०८१ को प्रमुख अतिथि कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा रहेका थिए ।
प्रमुख अतिथि ओझाले कार्यक्रममा बोल्दै एसपीए कलेज हरेक विधामा फरक अनि उत्कृष्ट रहेको र आज पनि यो साउन १५ खिर खाने दीन जस्तो सुभ अवसरमा आफ्नो संस्कृति र परीकारहरूको जगेर्ना गर्नु पर्छ भनी सन्देश प्रभाव गर्ने गरी आयोजना गरेको कार्यक्रममा सरिक भई विभिन्न स्थानीय परिकार चाख्न पाउँदा निकै खुसी लागेको बताए । ‘एसपीए कलेज सुदूरपश्चिमका शैक्षिक संस्थाहरूमा विगत देखिनै अब्बल साबित हुँदै आएको छ । स्थानीय परिकार र संस्कृतिको जगेर्ना गर्दै व्यवसाय गर्ने तवर तरिका सहित कक्षा १२मा पढ्ने विद्यार्थीले आयोजना गरेको यो कार्यक्रम तारिफ योग्य छ ।’ ओझाले भने ।